Logo

पाइपबाट घरघरमा गरेको ग्यास आपूर्ति बन्द


प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका पाइपबाट ग्यास आफ्ूर्ति बन्द भएको छ । घरघरमा पाइपबाट ग्यास नारासँगै घरैमा पुगेका पाइपबाट ग्यास आउनैै बन्द भएको हो ।

विराटनगर महानगरपालिका १४ जतुवास्थित श्रीकृष्ण गौसेवा समितिमा निर्मित ग्यास बन्द भएको छ । प्लाण्ट स्टेपलाइजर व्रिग्रेर आपूर्ति बन्द भएको जनाइएको छ । धेरै प्रयोगकर्ताले ग्यास आपूर्ति भरपर्दोै नभएको गुनासो गरेका छन् ।

२०४४ सालमा गौेसेवा सदनमा वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको संयोजनमा ग्यास आपूर्ति गरिएको थियो । भने विश्व वैंकको १ करोड ५० लाखको लागतमा बायो ग्यास बनाइएको थियो । पहिलो चरणमा ४ सय पाइपबाट ३२ घरमा ग्यास पुर्याइएको थियो ।

तर आपूर्ति गरेको १५ दिनमै स्टेपलाइजर विग्रिएको छ । यसो भएपछि कम्पनीले कमसल मेसिन जडान गरेको स्थानीयको आरोप छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्