चिकित्सक संघद्धारा आन्दोलन स्थगित गरेको घोषणा
नेपाल चिकित्सक संघले आफनो सवै आन्दोलनका तालिकाहरु स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढाएपछि आन्दोलन स्थगित गरेको हो । संघले आज एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेको हो ।
तर, ऐन संशोधन नभएसम्म लागि दबावमूलक कार्यक्रम भने यथावत राख्ने संघले जनाएको छ । जनसंख्या मन्त्रालयले गत भदौ ८ मा भएको सहमतिअनुसार संशोधन अघि बढाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १८ गते भएको सहमतिअनुसार संसोधन अघि बढाएको हो ।मन्त्रालयबाट यथाशिघ्र ऐन संशोधन नभए संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।