घुमफिर अनि दृश्यहरु
- सुवास मगर
- अन्नपूर्ण पदमार्ग म्याग्दीको घोरेपानीमा पर्यटकको सुविधाका लागि निर्माण गरिएको हो । यो पदमार्ग निर्माणपछि पर्यटकलाई आवत-जावतमा सहज भएको छ । पर्यटक लड्ने र घाइते हुने समस्या कम भएको छ । घोरेपानीदेखि पुनहिल र शिख जाने बाटोसम्म निर्माण गर्न केही दशक लाग्यो । यहाँको तीन हजार २१० मिटर उचाइँको पुनहिलबाट मनोरम हिमश्रृंखला र प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न सकिन्छ । हरेक वर्ष करिब ३० हजार पर्यटकले यो क्षेत्रको भ्रमण गर्ने गर्छन । पर्यटकहरु राउण्ड अन्नपुर्ण र अन्नपूर्ण–धौलागिरि पदमार्ग हुँदै घोरेपानी भ्रमणमा जान्छन् । यसै क्षेत्रमा खिचिएका तस्बिरहरु :
- ७२१९ मिटर उचाइको अन्नपूर्ण साउथ एम.बि.सि बाट खिचिएको तस्बिरमा अन्नपूर्ण हिमाल
- पछाडि शंख अगाडि पर्यटक दंग
- मोदी रिभरको सम्झना मनैमा
- मगर समुदायको नाच आँखामा झल्झली
- मेरो धौलागिरि कस्तो सुहाँएको
- अन्नपूर्ण दोभानमामा प्यारो घोडा
- कहाँ छौँ छोरी आफनो ख्याल गरेस
- छङछङी खोला बगी जाने होला,वैंश समाल
- सुर्यास्तको बेला सेल्फीको मज्जा नै बेग्लै
- प्रस्तुती : एकराज