नेविसंघको महाधिवेशन कार्तिकमा
काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ० को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । तर कहाँ गर्ने भन्ने कुरा चाहिँ पार्टीसँग सल्लाह गरेर टुंगो लगाइने भएको छ ।
महाधिवेशन कार्यतालिका :
- १२ गते सबै पालिकाहरुमा अधिवेशन सुरु ।
- १५ गते निर्वाचन क्षेत्रहरुमा अधिवेशन ।
- २१ गते ७७ वटै जिल्लामा अधिवेशन ।
- असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा अधिवेशन ।
- तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन ।
त्यसपछि के हुन्छ ?
- केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गर्नेछन् ।
- अध्यक्षलाई ३० जना मनोनयन गर्ने अधिकार हुन्छ ।
- महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुनेछ ।
- उक्त नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुनेछ ।
- १६ गते महाधिवेशनको उदघाटन गरिन्छ ।
- र १७ गते बन्दसत्र सुरु हुनेछ।