Logo

जापान पठाउँछु भन्ने ठग पक्राउ


सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि जापान पठाईदिने भन्दै ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
  • दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक भन्दै प्रतिव्यक्ति ७ लाखदेखि १२ लाख रुपैयाँ सम्म असूल गर्ने गरेको प्रहरीले जनाएको छ ।
  • २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।
  • दनुवारलाई थप अनुसन्धानको लागि आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्