द्धन्दरत पक्षलाई वार्तामा आउन सरकारको निम्तो
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औपचारिक आग्रह गरेको हो ।
भदौं ८ गते बसेको मन्त्री परिषद बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपाका नेता पाण्डेयको नेतृत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीलाई संक्रमणकालीन परिवेशमा मधेश आन्दोलन लगायतका अन्य आन्दोलन र सरोकारवाला पक्षसँग वार्ता गरी सहमति, सम्झौता, समझदारीका विषयमा अध्ययन र विश्लेषण गरी कार्यान्वयनका गर्नका लागि आवश्यक सुझाव तय गर्ने कार्यादेश दिइएको छ ।