गोकर्णेश्वरस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा आइतबार १२ बजेदेखि बेपत्ता भएका युवकको खोजीकार्य जारी छ।
सिन्धुपाल्चोक जलबिरे घर भै हाल गोकर्णेश्वर नगरपालिका ९ बस्ने २३ वर्षीय बबिन तामाङ बागमतीमा पौडी खेल्ने क्रममा आइतबारदेखि हराइरहेका छन् ।
उनको खोजीमा विपद ब्यबस्थापन गण नं २ उद्वार गुल्म गोकर्ण पोस्टका सैनिकहरु खटिरहेका छन् । यद्यपी अहिलेसम्म बेपत्ता युवक भेटाउन सकिएको छैन।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
