Logo

सल्यानमा जिप दुर्घटना : एकको मृत्य,दुई घाइते


सल्यानमा आज बिहान भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि बागचौर नगरपालिका—१० निवासी ५५ बर्षीया हुकुमी बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

लु १ च ५६६४ नम्बरको जिप शारदा नगरपालिका वडा नम्बर १३ स्यानीखाल अत्तरकाडा नजिक दुर्घटना भएको हो । सोही दुर्घटनामा हुकुमीका श्रीमान ६५ बर्षीया बलबहादुर बिक र चालक बागचौरकै कमल बिक पनि घाइते भएका छन् ।
घाइते बलबहादुर र कमलको श्रीगरमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्