Logo

नेपालले भारतलाई ठुलो झट्का, धोका दिएको भारतीय मिडियाले लेख्यो


नेपालले अन्तिम समयमा आएर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक’ को सोमबारदेखि भारतको पुणेमा हुने संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै प्रभावशाली नेताहरुले सैन्य अभ्यासमा नेपाल सहभागी हुन नहुने भन्दै सरकारको कडा आलोचना गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

नेपालको पछिलो निर्णयलाई भारतीय मिडियाले निक्कै नै प्राथमिकताका साथ सामग्री प्रकाशन तथा प्रशारण गरेका छन् ।

खबर एनडीटीभीले शीर्षकमै नेपालले भारतलाई झट्का दिएको बताएको छ । उसले शीर्षकमै ‘छिमेकी नेपालले भारतलाई दियो झट्का, अन्तिम समयमा आएर सैन्य अभ्यासमा सहभागी नहुने गर्यो निर्णय’ भनेर समाचार प्रकाशन गरेको छ । नेपालले आन्तरिक राजनीतिक विवादका कारण सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेको एनडीटीभीले आफ्नो समाचारमा जनाएको छ ।

नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै प्रभावशाली नेताले कडा आलोचना गरेका कारण सरकार पछि हटेको एनडीटीभीले जनाएको छ । साथै संयुक्त सैन्य अभ्यासको तयारीस्वरुप नेपालका तीन जना उच्च सैनिक अधिकारीहरु पुणे पुगिसकेको बताउँदै उनीहरु छिट्टै नेपाल फर्कने पनि उसले जनाएको छ ।

त्यस्तै द इन्डियन एक्सप्रेसले पनि नेपाल संयुक्त सेन्य अभ्यासमा सहभागी नहुने खबरलाई प्राथमिकताका साथ प्रकाशन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक निर्देशनका कारण नेपाली सेना संयुक्त अभ्यासबाट पछि हटेको उल्लेख गरेको छ ।

त्यस्तै द इकोनोमिक टाइम्सले सत्तारुढ दलकै कारण नेपाल बिमस्टेकको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णयमा पुगेको समाचार प्रकाशन गरेको छ । सत्तारुढ दल नेकपाका सांसद नै संयुक्त सैन्य अभ्यासको विपक्षमा उभिँदै सरकारको आलोचनामा उत्रिएपछि नेपाल सरकार पछि हटेको उसले समाचारमा जनाएको छ ।

त्यस्तै फर्स्ट पोस्टले बिमस्टेकको संयुक्त सैन्य अभ्यासबाट नेपाललाई केही फाइदा नपुग्ने भएपछि पछि हटेको समाचार प्रकाशन गरेको छ । साथै उसले पनि संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयमा नेपालमा बढेको राजनीतिक विवादलाई नै यसको प्रमुख कारण भनेर उल्लेख गरेको छ ।

भोलिदेखि महाराष्ट्रको पुणेमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा बिमस्टेक सदस्य राष्ट्रका ३०–३० जना सैन्य अधिकारीको उपस्थिति हुने कार्यक्रम थियो ।

-उज्यालोअनलाइनबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्