Logo

समितिद्धारा प्रधानन्यायाधीशमा मिश्र स्विकृत


काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । वरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।

– आजै समितिको बैठकमा उपस्थित भएर मिश्रले आफूविरुद्ध परेका तीन उजुरीबारे जवाफ दिएका थिए । बैठकमा समितिका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ माग गरेका थिए ।

उनीमाथि परेका उजुरीहरु :

  • काठमाडौँमा बैदेशिक रोजगारी सम्बन्धी उजुरी ।
  • त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भने नगरेको सम्बन्धी उजुरी ।
  •  मिश्र विराटनगरमा न्ययाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सेविका बनाएर फैसला गरीएको सम्बन्धी उजुरी।
  • र, काठमाडौ जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपुर्ति नदिलाएको सम्बन्धी उजुरी  ।

उनका जवाफहरु :

  • ‘मैले अहिलेसम्म १७ हजार मुद्धाहरुको फैसला गरेको छुँ ।’
  • ‘फैसलाका क्रममा कुनै लज्जित हुने काम गरेको छैन । बढी समय म काठमाडौँमा बसेको छु,’
    ‘विराटनगर मुद्दाका बारेमा कुनै सम्झना छैन । ०५५र५६ सालमा म त्यहाँ बसेको थिएँ तर मलाई अरु सम्झना छैन । जहासम्म लाग्छ न्यायबमोजिम काम गरेको छु होला ।’
  • ‘सबै मुद्दालाई एकैसाथ हेर्न सकिँदैन । थुनुवा मुद्दालाई बढी प्राथमिकता दिने गरिएको छ । आफ्नो कार्यकालमा न्यायसम्पादन प्रभावकारी बनाउन कुनै कसर बाँकी राख्दिनँ ।’
  • वैदेशिक रोजगारसम्बन्धि जवाफ दिँदै -‘२०६१ बैशाख २ गतेको उक्त फैसला अरु नै न्यायाधीशले गरेका हुन् । सो मद्धामा १० लाख ५ हजार पीडितले पाउने फैसला अर्कैले गरेको हो तर मैले सदर मात्रै गरेको हुँ ।’

– समितिका सदस्य सुरेन्द्र पाण्डेले बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिए । नाम अनुमोदन भएसँगै मिश्र राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त हुनेछन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्