नक्सलीहरु साँच्चै राम्रा हुन्छन् : गिरफ्तार आमाकी छोरीको निश्कर्ष
अहिले उनकी छोरि मायशा नेहराले एक पत्र सार्वजनिक गरेकी छन् । जसको चर्चा चुलिन थालेको छ । उक्त पत्रमार्फत मायशाले आफ्नी आमालाई ‘मदर लाइक नो अदर’ भन्दै सम्झना गरेकी छन् । संसारभर चर्चा पाउन थालेको उक्त पत्रलाई अनुवादक ज्योति भट्टराईले नेपालीमा अनुवाद गरेका छन् ।
बिहानको सात बजेको थियो । ममीले हामीलाई भन्नुभयो, “उठ घर सर्च गर्न आएका छन् ।” त्यसपछि के भयो त्यो सबैलाई थाहा छ । अहिले सबैले ममिको बारेमा लेखिरहेका छन्, मैले सोचें म पनि लेख्छु ।
मेरो र ममिको सोचमा सँधैभरि थोरै फरक रहिरहेको छ । मेरो सोच सायद ममिसँग मिल्दैन । यस पटक पनि सायद ममिसँग मेरो बहस भएको हुनुपर्छ ।
”जब मलाई ममिको याद आउँथ्यो, त्यतिखेर म ममिको साडी समाएर रुन्थें । मलाई अहिले पनि याद छ, जत्तिबेला म बिरामी भएको थिएँ । काकीले मेरो टाउकोमा हात राख्नुभएको रहेछ । मैले सोचें ममिको होला भनेर र मैले भने ‘आमा’ । त्यसपछि आँखा खोलें काकी पो हुनुहुन्थ्यो ।”
म सँधै ममिलाई भनिरहन्थें– “ममि हामी किन यस्तो साधारण किसिमको जिन्दगी बाँचिरहेका छौ ? हामी किन सुखमय जीवन नबाँच्ने ?” ममि भन्नुहुन्थ्यो– “छोरी मलाई यस्तै गरिबहरुको बीचमा रहेर काम गर्न राम्रो लाग्छ । जब तिमी ठूली हुन्छौ, तिमी आफ्नो हिसाबले बाँच्नु ।” त्यति भन्दा पनि मलाई नराम्रो लाग्थ्यो । म भन्थें– “तपाईंले यी मानिसहरुका लागी समय दिएको सारै धेरै वर्ष भयो । अब आफ्नो लागी समय निकाल्नुस र राम्ररी बस्नुहोस ।”
मेरो आमासँग अर्को गुनासो के थियो भने मलाई ममिले आफ्नो कामको कारणले समय नै दिनुहुन्न र दिनु पनि भएको थिएन । साँच्चै भन्दा सबैभन्दा बढि समय उहाँले मानिसहरुका लागी दिनुभयो र मेरा लागी त उहाँसँग समय नै हुँदैन थियो । म सानो हुँदा युनियनका एक काकाको परिवारसँग बस्थें । ति काकाका छोराछोरी सँगै म हुन्थें । जब मलाई ममिको याद आउँथ्यो, त्यतिखेर म ममिको साडी समाएर रुन्थें । मलाई अहिले पनि याद छ, जत्तिबेला म बिरामी भएको थिएँ । काकीले मेरो टाउकोमा हात राख्नुभएको रहेछ । मैले सोचें ममिको होला भनेर र मैले भने ‘आमा’ । त्यसपछि आँखा खोलें काकी पो हुनुहुन्थ्यो ।
बालापनको एकदमै थोरै समय मात्र मैले आमाको साथमा बिताएको छु । जब म कक्षा ६ मा पुगें अनि मात्र म ममिसँग बस्न थालें । सायद त्यहि भएर पनि हामी एक अर्कालाई कम बुझ्छौं होला । मैले उनलाई रातदिन काम गरिरहेको मात्र देखेको छु । ननुहाई, नखाई, नसुती, आफ्नो ख्याल नै नगरि अरुकै लागि लडिरहेको र अरुकै लागि काम गरिरहेको मात्र देखेको छु ।
मलाई एकदमै नराम्रो लाग्छ, जब ममि आफ्नो ख्याल गर्नुहुन्न । जब ममिसँग कुनै मुद्दा आउँथ्यो, त्यत्तिखेर उहाँ निक्कै दुखी हुनुहुन्थ्यो । म सोच्थें, यो त उनको पेशा हो, ‘ह्वाइ सि इज गेटिङ अपप्सेड अबाउट यट’ मैले ममिलाई भनेको पनि छु । ममि भन्नुहुन्थ्यो– “हामीले नसोच्ने हो भने अरु कसले सोच्लान त ?”
आइ ह्याभ हर्ड अन न्युज द्याट, कसैले भनिरहेको सुनेको छु कि “यस्ता मानिसहरु आदिवासीहरुका लागि काम गर्छन् । तर देखावटि रुपमा मात्र उनीहरुका बालबच्चा त युएसएमा पढ्छन् ।”
सायद उनिहरुलाई मेरो बारेमा थाहा थिएन होला, मैले एउटा बस्ति (गाउँ)को सरकारी स्कुलमा पढें भनेर । त्यो पनि हिन्दी मिडियममा ।त्यसै कारणले म ममिसँग झगडा गर्थें । म भन्थें– “आफू चाँहि अंग्रेजी मिडियममा पढ्नुभयो । अनि मलाई चाँहि हिन्दीमा पढाउने ?” मैले अंग्रेजी पढ्न र बोल्न आफैँ सिकेको हुँ । किनकी म एकदम ‘इन्ट्रेस्टेड’ थिएँ । हो म १२ कक्षामा आएपछि मैले अंग्रेजी मीडियममा एनआइओएसमा पढें । त्यो पनि ममिसँग जिद्धी गरेर । किनभने मलाई अंग्रेजी मीडियममा पढ्न एकदमै धेरै मन थियो । अहिले ममिलाई ‘नक्सलि हो’ भनिराखिएको छ । मलाई नराम्रो लागेको छैन ।
यो मात्र सोच्छु कि मानिसहरु पागल भईसकेछन् । यी मानिसहरुलाई कसैको वास्तविकता नबुझी जे पनि बोल्ने बानी भईसकेछ । मलाई ति मानिसहरु तथा पुलिसको कुराले केहि पनि फरक पर्नेवाला छैन ।
किनभने मभन्दा राम्ररी मेरी आमालाई कसले जान्दछ होला र ? आदिवासीहरुको अधिकारको लागी लड्नु, मजदुर–किसानहरुका लागि लड्नु, दमन र शोषणको बिरुद्ध लड्नु तथा आफ्नो पूरै जिन्दगी उनिहरुका लागि दिनु यदि यस्ता मानिसहरु नक्सली हुन्छन् भने मलाई लाग्छ कि ‘नक्सली’हरु साँच्चै राम्रा हुन्छन् । जसले जेसुकै भनुन्, मलाई उनको छोरी हुनुमा गर्व छ (आइएम प्राउड टु बि हर डटर) ।
ममि मलाई सँधै भन्नुहुन्थ्यो– “छोरी मैले पैसा हैन मान्छे कमाएको छु ।” हो उहाँ सही हुनुहुन्छ, म त्यो देख्न सक्छु । लभ यु मम् ।
–मायशा