लाख चोरेर क्यासिनोमा : चार गिरोह प्रहरी खोरमा
काठमाडौँ । अर्काको डाटा प्रयोग गरेर वैंकबाट पैसा निकाल्ने चार गिरोहहरु पक्राउ परेका छन् । केही दिन अघि प्रहरीलाई पैसा निकाल्ने गिरोहको सचना आएको थियो । दई दिनको अपरेसनपछि ठमेलको एक होटलबाट तीन भारतीय र एक नेपाली पक्राउ परेका हन् ।
- एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई पक्राउ गरिएको हो ।
- करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
- आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको छ ।
- भारतिय नागरिकहरुसँगै पक्राउ परेका क्षेत्रपाटी बस्ने नेपाली नागरिक अनुज नकर्मीले ब्रोकरको काम गर्दै आएको बताईएको छ ।
- भारतीय नागरिक मध्येका केराला स्थायी घर भएका जिन्टु जुवाए आईटिका जानकार हुन् ।
- उक्त समुहले विदेशी नागरिकको एटिएम डाटा ल्याएर नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र टुरिजम बैंकको खाताबाट पैसा निकालेका थिए ।
- यो गिरोहले एटिएम कार्डलाई ‘स्वाइप मेशिन’ मार्फत् स्वइप गरेर पैसा निकाल्दै आएका थिए ।
- प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।