Logo

हेलिकप्टर दुर्घटना छानविन समिति गठन



काठमाडौं । अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको हो । आइतबार मन्त्रीस्तरको निर्णयबाट तीन सदस्य छानविन समिति गठन गरिएको हो ।

  • समितिको संयोजकमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
  • सदस्यहरुमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ छन् ।
  • गोरखाको सामागाउँबाट काठमाडौं फर्किने क्रममा शनिबार अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो ।
  • हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको थियो ।
  • आनी डोल्मा डिकीको ललितपुरको धापाखेलस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्