हत्याको विराधमा रोल्पा बन्द
हत्याको विरोधमा रोल्पा जिल्ला बन्द गरिएको छ । बन्द तरुण दलले गरेको हो । रोल्पा नगर समितिका सभापति रोहित पनको हत्या को विरोधमा आज रोल्पा जिल्ला बन्द छ ।
- बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ ।
- सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् ।
- लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् ।
- पुनको आइतबार राति सुलिचौरमा गोली हानी हत्या भएको थियो ।
- पूर्वमाओवादी कार्यकर्ताले पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।