Logo

एमबाप्पे र जेरुडको गोलमा फ्रान्सको पहिलो जित (भिडियो सहित)


एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले नेदरल्याण्डलाई २ – १ ले हराएको हो ।

घरेलु मैदानम भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे र ओलिभर जेरुडले एक एक गोल गरे । नेदरल्याण्डका रायन बाबेलले एक गोल फर्काए ।

खेलको १४ औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो  । ६७ औं मिनेटमा नेदरल्याण्डका रायनले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई २ – १ को जित दिलाए ।

खेलअघि फ्रान्सले राष्ट्रिय रंगशालामा विश्वकप ट्रफी सार्वजनिक गरेको थियो । दुई महिनाअघि फ्रान्सले क्रोएसियालाई हराएर रुस विश्वकप जितेको थियो ।

जितसंगै फ्रान्सले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्स जर्मनीसंग बराबरीमा रोकिएको थियो ।

यता, नेदरल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । नेदरल्याण्ड अंक बिहिन रहेको छ ।

https://www.youtube.com/watch?v=gA4k0gnVPoI

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्