फुजेल प्रकरण: छविलाल छुटे
गोेरखा फुजेल प्रकरणका हत्या आरोपी छविलाल पौडेल जेलमुक्त भएका छन् । फुजेलका कृष्ण अधिकारी हत्याका आरोपी उनी आज सोमबार छुटेका हुन् । रिहाइको खुसीयालीमा गोरखाबाट उनका शुभचिन्तकहरु कारागार आएका छन् । उनीहरुले कारागारमा पञ्चेवाजा घन्काएका छन् । पौडेलले पत्रकारसँग आफुले ढिलै भएपनि न्याय पाएको बताएका छन् ।