विमान दुर्घट्नामा : १९ को मृत्यु, चारको उद्धार
जुबा, दक्षिण सुडान । नेपालमा हेलिकोप्टर दुर्घटनाबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै दक्षिण सुडानमा एउटा हवाईजहाज दुर्घटनामा परेको छ। दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्यु भएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् ।
आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए । घटनामा चारजनालाई सकुशल उद्धार गरिएको अगुकले बताए ।
एएफपी