Logo

साफ सेमिफाइनलमा नेपाल : प्रतिद्धन्दी माल्दिम्स


काठमाडौं  ।  साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २(० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो।

  • आइतबार भएको एकपक्षीय खेलमा भारतका लागि निखिल पुजारी र मनभीर सिंहले एकएक गोल गरे। भारत समूह बीको विजेताका रुपमा अन्तिम चारमा पुग्यो भने माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।
  • भारतले दुई खेलमध्ये दुवैमा जित हात पार्दै ६ अंक जोड्यो। माल्दिभ्स र श्रीलंकाको समान एकएक अंक भए पनि माल्दिभ्सले गोल अन्तरका आधारमा अन्तिम चारमा स्थान बनाएको हो।
  • बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। सोही दिन हुने अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।
  • सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्