Logo

बादल दलाल सत्ताका ठेकेदार हुन्, मुुल्य चुकाउन तयार छौँ–प्रकाण्ड


काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले आफुलाई राजनीतिक पुर्वाग्रहका आधारमा फसाइएको बताएका छन् । अदालत परिसरबाट उनले यसको मुल्य चुकाउने चेतावनी दिएका छन् । जिल्ला अदालत दाङले तीन दिन म्याद थप गरिदिएपछि बाहिरिने क्रममा उनले यसो भनेका हुन् ।
प्रकाण्डले भने, 

  • ‘सरकारी पक्षले बहसमा केही भन्दैन, राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा फसाउने नियत नै देखिन्छ।’
  • ‘मलाई हतकडी लाग्दा हिजो जनयुद्धका मेरा सहकर्मीहरु प्रतिक्रियावादी भएका छन् । क्रान्तिपछि कोही प्रतिक्रियाबादीहरु हुन्छन्, कोही प्रतिक्रान्तिकारी हुन्छन् र राष्ट्रघाती पनि हुन्छन्, यो स्वभाविक हो ।’
  • ‘१० वर्षे जनयुद्धको संघर्षपछि बादलहरु दलाल सत्ताको ठेकेदार भएर बसेका छन्’,उनले भने, उनीहरु झुटा मुद्दाको खेती गरिरहेका छन् ।यसको मूल्य नेपाल सरकार,प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहितले तिर्न नसक्ने गरी चुकाउँछौँ ।’

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्