Logo

रोल्पामा गोली चल्यो : एकको मृत्यु


(लिबाङ) रोल्पा –  रोल्पाको सुलीचौरमा गोली लागेर एक युवकको आइतबार बेलुका मृत्यु भएको छ । रोल्पा नगरपालिका–२ सिमलबाङका २९ वर्षीय रोहित पुनको गोली लागेर मृत्यु भएको हो । उनको देब्रे छातीमा गोली लागेको छ । पुर्वी रोल्पाको सुलीचौर इलाका प्रहरी कार्यालय नजिकैको रेष्टुरेन्टमा गोली चलेको हो । भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चलेको हो ।

  • मारिएका युवकको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिने छ ।
  • गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
  • मृत्यु हुने पुन रोल्पा नगरापालिकाका तरुण दलका ईन्चार्ज हुन् ।
  • रिसइवीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्न केही युवा फरार रहेको प्रहरीले जनाएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्