Logo

#कविता: बाबाका याद र पदचापहरु#देव तोनिमी


 

पापा!
म तपाई सङ्गै याद गरिरहेछु ,
मेरो रुवाई भुलाउन,
मेरो निद झुलाउन
तपाई ले गाउने गरेका सुमधुर गित हरु,
अनि,
तपाईं सङ्गै निदाएका अध्यारा अनि जुनेली रातहरु

म याद गरिरहेछु,
अँध्यारो रातलाई पनि सुमधुर धुन दिने ती तपाईका गितहरु
तपाई कै गितले लठ्ठ परेर ,मिठो सपना सहितको
मेरो गहिरो निदहरु,

म याद गरिरहेछु ,
मलाई बोकि दिने तपाईका जिम्मेवारी काधहरु,
मलाई डोर्‍याई दिने ती नेतृत्वदायी हातहरु

म याद गरिरहेछु,
सुदुर रहेर नि तपाई ले दिईरहेका असिम साथहरु।
तपाई सङ्ग हुनेगरेका गहन र रसिलो बातहरु ।
हो पापा! हरदम मलाई आईरहेछ तपाईका यादहरु।

आज मेरा निदहरु ऐठन परिरहेका छन
मीठो निदको अभावमा हर सपना हरु तुहिरहेका छन

र सुदुर सुदुर देखि
यो निस्पट अँध्यारो रातहरुमा
निर्जन दिनहरुमा
मधुरो निदको अधुरो सपनाको छटपटाहटमा
मलाई तपाईका सुमधुर यादहरु आईरहेको छ।

#a poetic line by Devv ToNiMi.

(ओखलढुंगा ,मानेभञ्ज्याङ -४ पङ्खु)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्