थापालाई सेनापतिको दर्ज्यानी चिह्न
२४ भदौ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा उनलाई दज्र्यानी प्रदान गरिएको हो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन र प्र.म ओलीको उपस्थित थिए । थापालाई गएको १० साउनमा बसेको मन्त्रीपरिषदको वैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अघिल्ला सेनापति आजबाट अवकाश पाउने भएकाले एक महिनादेखि नै विदामा छन् । भने औपचारिक रुपमा नेपाली सेनाको कमाण्ड थापाले सम्हालेका छन् ।