आजदेखि प्रधानसेनापतिमा थापा
नेपाली सेनाको कमान्ड आइतबारदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्हाल्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महारथीको दज्र्यानी चिह्न लगाइदिएपछि थापाले जंगी अड्डा पुगेर नेतृत्व लिनेछन् । निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सेनाले शुक्रबार बिदाई गरिसकेको छ ।