सिरियामा भीषण हमला
काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इदलिबमा भीषण हवाई हमला भएको छ । सिरिया सरकार र रुसले विद्रोहीको कब्जामा रहेको रहेको इदलिबमा भीषण हमला गरेका हुन् ।
- हमला १० अगस्टयताकै भीषण र हिंसात्मक भएको बताइएको छ ।
- दक्षिणी इदलिबमा मात्रै ९ सर्वसाधारणको ज्यान गएको छ । तीमध्ये २ बालबालिका छन् ।
- अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, इदलिब र उत्तरी हामाका १९ वटा ब्यारेलमा बम खसालिएको छ ।
- इदलिब सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादी नियन्त्रित स्थल हो ।
- मुख्य राजमार्गलगायत जोडिएकाले यो क्षेत्रलाई विद्रोहीको हातबाट फुत्काउन सिरिया सरकार र उसका सहयोगी राष्ट्रहरु प्रयासरत छन् ।
एजेन्सी