आज बाबुको मुख हेर्ने दिन
मुन्धुमस्टार
काठमाडौं । आज बावुको मुख हेर्ने दिन तथा कुशे औँशी हो । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी विशेषत ः हिन्दु धर्मावलम्बीहरुले मनाउँछन् । आज वैदिक सनातन धर्मावलम्वीले कुश घर–घरमा भित्र्याएका छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने हिन्दुको धार्मिक विश्वास छ । यस पर्वमा छोराछोरीले आफना बावु आमालाई मनपर्ने मिठाई तथा भोजन खुवाउने चलन छ । बाव नहुनेहरुले पवित्र स्थानमा गई पिण्डदान गर्ने गर्छन् ।



