Logo

सरकारको रवैयाले कम्युनिस्टलाई लाज – राम कार्की


बुटवल । नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको उनले बताएका छन् ।

कार्कीले भने- 

  • ‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ, महंगी बढेको बढ्यै छ,’
  • ‘सरकारको यस्तो रवैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हूँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’
    ‛सामन्तवादको अन्त्य भए पनि दलाल पुँजीवादसँगको लडाइँ जारी छ । यसविरुद्ध हुने लडाइँको नेतृत्व युवा नेताहरुलाई लिनुपर्छ । ’
  • ‘हामीले सामन्तवादलाई परास्त गरेर यहाँसम्म ल्यायौं । अबको हाम्रो लडाइँ भनेको दलाल पुँजीवादसँगको हो, दलाल पुँजीवादसँग लड्ने जिम्मेवारी तपाईं युवाहरुहरुको हो । तपाईंहरु लडे समाजवादले जित्छ, नलडे दलाल पुँजीवादले ।’

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्