Logo

किरात राई जाति हुनुमा के–को पीडा ?


गणेश राई

किरात राई जातिका सहअस्तित्व बचाउन त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै रहेका राई विद्यार्थीहरूले किरात राई विद्यार्थी सांस्कृतिक तदर्थ समिति गढन गरेका थिए, वि.स.२०४५ सालतिर । त्यही तदर्थ सकितिले अनन्त ः किरात राई यायोक्खाको रूप लिन पुगेको हो । यसको केन्द्रीय कार्यलय काठमाडौंमा रहेको छ । भने आज आएर किरात राई यायोक्खा २३ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

किरात राई यायोक्खा भनेको यो देशमा रहेका आदिवासी किरात राईहरूको सामाजिक संगठन संस्था हो भनेर आम समाज र राज्यले बुझेको छ । यतिमात्र होईन,किरात राई यायोक्खा हङकङ, अमेरिका, बेलायत, जापान, बहराइन, कतार, युरोप, अष्ट्रेलिया, कुवेत, द.कोरीया, मलेशीया, दुवई, साउदीलगाएत जहाँ–जहाँ राईहरू पुगेका छन् त्यही मुलुकमा यायोक्खाको नामबाट एकजुट हुदैं आएका छन् । जातीय पहिचान,सामाजिक तथा साँस्कृतिक एकता कायम गदैआएका छन् । किरात महिला, पुरूष, केटाकेटी, बूढावुढी एकै हारमा बसेर ढोल ढुङ्कु–ढुङ्कु र भ्याम्टा झ्याम–झयाम बजाएर एकसाथ गोलबद्ध भएर नाच्दछन् । साकेला सिली अर्थात साकेन्वा नाँच हरेक उभौली÷उधौली सबैका निम्ति भेटघाट, रमाईलो गर्ने अवर परापूर्व कालदेखि बसेको एउटा परम्परा हो ।

कवि श्रवण मुकारूङको शब्दमा “आदिवासी जानजातिले छेड्दै आएको आन्दोलनको दुई स्थिति छन् । ती हुन –प्रज्ञिक मुभमेन्ट र समुदायमा अर्थात जमीनमा प्रत्यक्ष हाउ भाउले देखाईने मुमेन्ट । दुवै मुमोन्टको पुनः जागरण आएको छ । २०४६ सालयता तीव्रतासाथ संवेदनसिल रूपमा लागेका छौ ” भन्नुहुन्छ प्रज्ञिक मुभमेन्ट अर्थात आन्दोलनले लिखित दस्तावेज तयार पार्दे निती निर्माण तहसम्म घच्घच्याउने काम गर्दै हाएको छ । यसैगरी जमीनमा गरिने आन्दोलनले विश्वसमुदायले आदिवासीको जातिय,भाषिक धामिएक,सास्कृतिक अस्तित्व कायम रहेको प्रमाण पुष्टि गर्छ ।

केही वर्षदेखि किरात जातिभित्र दुइ– चार पठित राई दाजु–भाईले राई करणमा परेको भन्दै आफू छुट्टै जाती हौ भनेर फुट ल्याउने दुष्प्रयास गदैृछन् । नामै तोकेर भन्न आवश्यक नरहला तर यसरी फूट ल्याउन खोज्नुको पछाडि थोरै मिहिनेत गर्दैमा विदेशी सहयोग प्राप्त गर्नु रहेको छ । यसका निम्ति मत दिने अर्थात प्रयोगकर्ता पर्द पिछडिएको जाति समुहका रूपमा प्रस्तुत गर्नु नै त्यस जमातको उद्देश्य हो । जसले विदेशी संस्थाबाट डलर सहयोग लिन सकिन्छ । धेरै मेहनत नगरी चाँडै व्यक्तिगत गरिवी हट्छ । उखानै छ मह काड्नेले हात चाटेछ । हात चाड्नेले दाउमा सिंगो किरात राई समाजलाई भड्काउने दुष्प्रयास भइरहेको छ ।

हुन त ती बन्धुहरू संयक्त राष्ट्रसंघीय महासन्धि –१६९ आत्मनिर्णयको अधिकारको हवाल दिएर आफ्ना कदमलाई सही सावित गर्न तत्लिन छन् । तर यो कुरा पनि उनीहरूलाई थाहा छ कि सामाजिक जातिय आधिकारलाई कुल्चेर व्यक्तिगत स्वार्थपूर्तिका निम्ति त्यस महासन्धिको बँुदा लागू हुन सक्दैन । र व्यक्तिगत स्वार्थका निम्ति त्यस महासन्धि बनाईएको पनि होईन । तसर्थ, किरात राई भनेर चिनिएका हामी बान्तावा, चाम्लिङ, कुलुङ, साम्पाङ, खालिङ, दुमी, वाम्बुले, पुमा, नाछिरीङ, बाहिङ, कोयी÷कोयू, याम्फू, छिलिङ, लोहरूङ, मेवाहाङ, तिलुङ, जेरूङ, दुङमाली, लिङखिम, साम, छिन्ताङ, सोताङ, आठपहरिया, बुङलावा, वालिङ, पोल्माचा, फङदुवाली, छुक्वा, बेल्हारेलगाएतका मातृभाषीहरू फुट र बहकाउबाट सचेत हुनु जरूरी छ ।

प्रध्यापक धु्रवदेव राईले राजधानीको टुंडिखेलमा भईरहेको उभौली साकेला –२०६२ जेठ १४ गते पंक्तिकारसित प्रतिक्रिया दिदै. भन्नुभयो । ‘आफूलाई किरात राई गर्व गर्ने हामीलाई कसैले राई करणको मारमा परेको भन्छ भने त्यो राई समाजको कलंक हो । स्वार्थका निम्ति बहकाउमा पर्नु हुन्न ।’ यसैगरी किरात राई समाजकै पहिलो महिला सहायक मन्त्री तथा राज परिषद स्थायी समिती सदस्य सरस्वती राई एउटै जातिले विभिन्न भाषा बोल्ने प्रचलन अन्य जातिमा पनि रहेको बताउनु हुन्छ । भाषा र पाछाभन्दा ठूलो जातिय एकता हो । उहाँ भन्नु हुन्छ –हामीलाई चिनाउने मूलशब्द भनेको किरात राई हो जुन सयौं वर्षदेखि प्रचलनमा छ । हामी त्यही नामको वरिपरी गोलबद्ध हुनुपर्छ । र, हाम्रो भावनात्मक एकतालाई अझ मजबुद बनाउनु पदर्छ । हामी भाषाको आधारमा विभाजित भयौं भने हाम्रो अस्तित्व लोप हुने खतरा बढदछ र हामीले भविष्यमा धेरै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

‘राई शब्दको उत्पत्ति संस्कृतिमा राजा भन्ने शब्दबाट आएको हो । संस्कृतिमा ‘राजा’ प्राकृत भाषामा राई र नेपालीमा फेरि ‘राजा’ भएको हो । भन्नुहुन्छ –पूर्व राजदूत तथा भाषाशास्त्री प्रा. डा. नोवलकिशोर राई । नेपाली भाषाको इतिहासमा ‘राई’ शब्द लगभग सात सय वर्ष पहिलेदेखि नै चलिआएको पाईन्छ । मानिसको पेशा वा उत्पत्तिस्थान आदिवाट पनि जात, थर आएकै छ । भने उपाधिवाट जात वा थर हुनु कुनै अनौठो विषय होईन । आजभोली चौधरी,लामा, देवान, मुखिया, र सुब्बाजस्ता जात थरहरू पनि त्यसरी नै सुरू भएको हो । त्सकारण जसरी थारूहरू चौधरी भए अथवा सुनुवारहरू मुखिया भए कालक्रममा ‘खम्बू’ वा ‘जिमी’हरू राई भए । आज यो शब्दले इतिहासको कुनै कालखण्डमा उपाधि बुझाएको भए पनि जात वा थर बुझाउने गरेको स्पष्ट छ । भाषाकै कारणले हामी अर्के जाति हौ भनेर टुक्रिनु र छुट्टिनु अवश्य पन लाभदायक होइन भन्नुहुन्छ ।

एकैसाथ रहँदा सानातिना मतमतान्तर भएपनि हाम्रो एकतामा बल हुन्छ । र यसले हामीलाई फाइदा पु¥याउँछ । केवल भाषिक कारणले नै आलग–अलग भएर जाने हो भने आजका राई भनिने जातहरू लगभग २०–२५ जातिमा बाँडिनु पर्ने देखिन्छ । यसो हुनु कुनै पनि आलतमा हाम्रो समाजको हितमा छैन । ‘भाई फुटे गवार लुटे’ भन्ने उखान बिर्सनु हुँदैन भाषाहरू लोप भइराखेको अवस्थामा राज्य र भाषिक समुदाय दुवैले चनाखो भएर यसको संरक्षण र संवद्र्धन गर्नुपर्छ । भाषिक अधिकारका निम्ति समुदायले राज्यसँग मिलेर सहकार्य गर्नुपर्छ ।

यसैगरी पूर्व सांसद टंक राई केही साथीहरूले हामी राई होइनौं भनेको सुनेको बताउनुहुन्छ । पृथ्वीनारायण शाहको एकीकरण अभियान पछाडि राई भन्ने पगरी दिएर त्यही अनुसार हामी राई भएका हौं भन्ने उनीहरूको तर्क छ । मेरो ठम्याइमा त्यस्तो तर्कमा कुनै सत्यता छैन । किन भने पृथ्वीनारायण शाहको एकीकरण अभियानभन्दा निकै अगाडी पनि राई भन्ने शब्द प्रचलित थियो । र राईहरू थिए । स्वयं विजयपुरको राजा बुद्धिकर्ण राई थिए । पृथ्वीनारायण शाह जसले विजयपुरको राजालाई अपहरण ग¥यो त्यो राजाको नाम नै बुद्धिकरण राई थियो । तसर्थ उसलाई पृथ्वीनारायण शाहले दिएको पगरी भनेर अथ्र्याउन मिल्दैमिल्दैन । चौदण्डीको राजा सेना मकवान राय थिए । त्यस्तै हतुवागडी र चौदण्डीमा लडिएको युद्ध किरात राईहरूले लडेको अन्तिम युद्ध थियो । त्यो युद्धमा पराजित भइसकेपछि पृथ्वीनारायण शाहसँग सम्झौता भयो । र त्यो सम्झौतालाई अस्वीकार गर्नेहरू अब हारेको देशमा बस्नुभन्दा पानी छाडेर जानुपर्छ भनेर उनीहरू भारतको मधुवनी जिल्लामा गएर बसोवास गरेका राईहरू अहिले पनि प्रशस्त पाईन्छ । तिनीहरूले अहिले पनि गर्वका साथ राई लेखिरहेका छन् । त्यसैले राई लेख्दैमा हामीले हिनताबोध पाल्नु पर्ने कुनै कारण छैन । बरू हामी राई हौ भनेर गर्व गर्नु पर्दछ । अरू धेरै खुद्रा–मसिना कुराहरूमा अलमलिनु हुँदैन । राई भूमिको स्वयत्तता, भाषा, संस्कृतिको संरक्षण र विकास, राजनितिक, समाजिक, आन्दोलनमा किरात राई यायोक्खाले सक्रिय भूमिका खेल्नु पदर्छ । यसैमा सम्पूर्ण राईहरू समेटिन्छौं ।

अर्कोतर्फ प्रकृतिपुजक किरातहरूको धार्मिक आस्थामाथि प्रहार गर्ने षडयन्त्र तीव्ररूपमा भइरहेको छ । किरात धर्म को नाम दिई किरातीहरूको मौलिकता, खानपान, चाडपर्व, संस्कार, पितृपूजा, आदिलाई परिवर्तन गराएर फलफूलतर्फ रूपान्तरण गदैंछन् । जुन मौलिक किरात धर्म होइन । यसवारे पूर्व सांसद टंक राई भन्नुहुन्छ – यो त पन्थको रूपमा भरखरमात्र जन्मेको विचार हो । किरात धर्मग्रन्थ मुन्धुम अलिखित भएको हुनाले यस्तालाई जे पायो त्यही गर्न र भन्न अलिक सजिलो भएको छ । केही समय अघि मैले टेलिभिजनको बहस कार्यक्रममा डा. स्वामी प्रपन्नचार्यसितको अन्र्तरवार्ता हेरेको थिए ।

 

स्वामीले एउटा वाक्य भने –फाल्गुनन्द गुरूसँगको संगतमा म थिएँ र उनी जोसमनी पन्थद्वारा दीक्षित भएको पन्थ हो । र त्यसलाई नयाँ ढाँचाबाट फाल्गुनन्दले विकसित गरेको धर्मलाई अहिले किरात धर्मको रूपमा अनुयायीहरूले फैलाउदै आएका छन् । शाायद यो एक–डेढसय वर्ष अगाडिको कुरा हो । फाल्गुनन्दलाई भेट्ने मान्छेहरू अहिलेसम्म जीवितै छन् । अब कहाँको पाँच–छ हजार वर्ष अगाडिदेखिको विकसित भएर आएको किरात धर्मको कुरा कहाँको हिजो –अस्तिको कुरा । पत्याउने पनि आधार र इतिहास चाहियो । यो फेद न टुप्पाको कुरा कति दिन टिक्ने हो । फाल्गुनन्दले किरात धर्ममा केही सुधारका कुराहरू अगाडि सारेका छन् । तर, सुधार भनेको मौलिक गरणहरू नहराउने गरी गरिनु पर्दछ । त्यसलाई मात्र सुधार भन्निछ । तर, यो नयाँ पन्थले हजारौं हजार वर्ष पुरानो संस्कृति र परम्पराबाट विकसित हुँदै आएको किरात धर्मका मूलभूत विश्वास र मान्यतालाई खण्डित गर्ने काम गरेको मैले देख्दैछु ।

एउटा प्रकृतिसँग नजिकको सम्बन्ध राख्ने जाति अनि प्रकृतिका संरक्षणको मुद्दा अहिले विश्वव्यापी रूपमा उठिरहेको बेलामा प्रकृतिसँग नै अत्यन्त सामीप्य, अन्यन्तै सामन्जस्य र मैत्रीभाव राख्ने किरात धर्मको आस्था, विश्वास, मान्यता र जिओलजी, किरा दर्शनलाई यो वर्तमानमा भनिएको तथाकथित किरात धर्मले प्रतिनिधित्व गदैन । हुनसक्छ किरातको नामका अर्को एउटा धर्म आयो के फरक प¥यो ? हिन्दुको नाममा व्यापक धर्महरू छन् । एक–दोस्रोसँग काटाकाट गर्ने, एक–अर्काले छोएको नखाने धर्महरू पनि छन् भने यसलाई पनि त्यती धेरै अनुचित नमानौं । तै पनि यसले आम्रो समाज र किरात धर्मलाई होच्याउने, निष्प्रभावी बनाउने र किरातहरूको स्वाभीमानी परम्परा, किरातहरूको लडाकुपन, जोश र बहादुरी चरित्रलाई आघात पु¥याउने कामहरू गरिरहेको छ ।

यसले अगाडि सारेको गतिविधिहरू हेर्दा किरात धर्म विरोधिहरूले यो भित्रबाट व्यापक छलफल गरेको व्यूहरचना हो कि जस्तो हामी देखिरहेका छौं । हजारौं वर्षको हिन्दुहरूको प्रयत्नको वावजुत पनि यो धर्म नष्ट भएन, चुलालाई बचाएर राखे किरातीहरूले । अहिले खास क्रिश्चियनिटी र तथाकथित किरातधर्मीहरूले आम्रा गरिबी र अशिक्षाजस्ता मूलभूत कमजोरीहरू माथि फाइदा उठाएर हामीलाई हाम्रो इतिहासबाट बेदखल गर्नु हामीलाई हाम्रो इतिहासबाट बेदखल गर्नु हामीलाई हाम्रो इतिहासबाट पृथक बनाउनु छुट्याउनु , टुक्राउनु लागिपरेका छन् हामीलाई एतिहास बेगरको नांगा जातिको रूपमा स्थापित गराउन कोसीस गरिरहेको छन् । तसर्थ आजका सचेत किराती बन्धुहरूले त्यसको तीव्र प्रतिकार गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

यसरी हामी राई होइनौं भन्नेहरू एकातिर छन् भने अर्कोतिर किरातहरूको मौलिकता नामेट गर्न लागिपरेका छन् । यसअर्थमा हामी किरातीहरू एकतामा बल खोज्ने कि वैयक्तिक अस्तिित्वको खोजी गर्दे भड्खालोमा जाकिने ? सवाल गम्भीर मोडमा उभिएको छ । यसतर्फ स्वदेश र विदेशको जुनसुकै कुनामा बसोबास गर्दै रहेका आम किरात राई, लिम्बू, याक्खा र सुनुवारले सोच्नु पर्दछ । र राज्य संयन्त्रले युगयुगन्तरसम्म मुलुकको अस्तित्व कायम राख्ने हो भने सम्बन्धित जातिको मौलिकता बचाउन विशेष कार्यक्रमहरूको पहल गर्नु पर्दछ ।

निप्सुङबाट (लेखक किरात राई यायोक्खाका  पूर्व केन्द्रीय सचिव हुन् ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्