इजिप्टमा ७५ लाई मृत्युदण्ड
इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ सुनाएको छ ।
अदालतको यो निर्णय सन् २०१३ मा पूर्व राष्ट्रपति मोहम्मद मोरसीको समर्थमा भएको हिंस्रक प्रदर्शनका लागि सुनाएको हो । यसमा सात सय बढीलाई अभियुक्त बनाइएको थियो ।
सन् २०१३ मा इजिप्टको राजधानी काहिरामा प्रदर्शनको क्रममा सुरक्षाबलले कम्तीमा आठ सयको हत्या गरेका थिए ।
दर्जनौं मानिसहरुलाई आजिवन कारावासको सजायँ सुनाइएको छ । एम्नेस्टी इन्टरनेशनलले अदालतको यो निर्णयमा असुन्तुष्टि जनाएको छ ।
एम्नेस्टीका अनुसार यो हास्यास्पद निर्णय हो किनभने यसमा एकजना पुलिसलाई पनि सजायँ तोकिएको छैन ।
अदालतले केही अभियुक्तलाई कम अवधीको सजायँ सुनाएको छ । सजायँ पाउनेहरुमा इस्लामिक नेता पनि समावेश छन् ।