मन्त्रीमण्डल हेरफेरमा नेकपा अध्यक्षबीच विवाद
नेकपाभित्र मन्त्रीमण्डलको हेरफेर विषयमा विवाद देखिएको छ । प्रचण्डले हेरफेरको सकेत गरेपछि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री वादलले त्यसको खण्डन गरेका छन् । भारत भ्रमणमा जानु अघि प्रचण्डले पत्रकारसँग जनता निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए ।
केपी ओलीले भने मन्त्रीहरु ह्ेरफेर हुने हल्ला सरकारलाई अस्थिर बनाउन चाहनेले गरेको बताएका छन् । उनले केही नहुने, राम्रो काम गर्नुपर्यो कुनै मन्त्री हट्दैनन् । उनले भने– ‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका छन् । केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’
यसले दुई अध्यक्षबीच विवादको संकेत गरेको छ ।