Logo

नेपालले साफ जित्ने मुख्य आधार


काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको १२ औ संस्करण बंगलादेशमा जारी छ । सन् १९९३ बाट साफको नामले सञ्चालित प्रतियोगितामा नेपाल छैटौ पटक सेमिफाईनल प्रवेश गरेको छ ।

साफमा नेपाल सदाबहार दाबेदार टोली हो । तर दुर्भाग्य नेपालले अहिलेसम्म फाईनल खेल्न सकेको छैन् ।

दक्षिण एसियाका धेरै राष्ट्रले साफको उपाधि चुमिसक्दा नेपाल भने पटक पटक सेमिफाईनलबाट घर फर्कन बाध्य भएको छ, इतिहासले त्यही भन्छ ।

दक्षिण एसियाली अर्थतन्त्र र राजनीतिमा जस्तै फुटबलमा समेत इन्डिया ‘दादा’ हो । १२ औ संस्करणसम्म आईपुग्दा इन्डियाले मात्र ७ पटक साफको उपाधि उचालेको छ । इन्डिया विश्व अर्थतन्त्रमा जति शक्तिशाली बन्दै छ, त्यसको प्रभाव फुटबलमा समेत प्रष्ट देखिन्छ ।

फिफा वरियताको ९६ औ स्थानमा रहेको इन्डियाले अब एशिया कप हुदै विश्वकपसम्मको रोड म्याप तयार बनाएको छ ।

इन्डियाले प्रष्ट संकेत गरेको छ, उ अब दक्षिण एसियामात्र रमेर बस्ने छैन् । त्यसैले बंगलादेशको साफ च्याम्पियनसिपमा उसले २३ बर्ष मुनिको टोली पठाएको छ ।

अर्कोतर्फ, अफगानिस्तानले दक्षिण एसिया क्षेत्र छाडेर अन्यत्र हिडिसक्यो । तर जति साफ क्षेत्रमा रह्यो, पछिल्लो समय इन्डियालाई टक्कर दिएर बस्यो ।

युरोप र अरब लिग फुटबलमा अभ्यस्त खेलाडीको साथले उसले पछिल्लो समय दक्षिण एसियामा प्रभुत्व कायम गर्न सफल भयो ।

https://www.youtube.com/watch?v=mELOuDc7f1U

साफमा अर्को सफल टोली हो, माल्दिभ्स ।

कुनै एक खेलाडीको प्रभावले देशको फुटबलमा कति माथि पुग्न सक्छ ? एक पटक माल्दिभ्सलाई हेरे पुग्छ ।

अलि अस्फाक, मालिदभ्सको फुटबलले पाएका अहिलेसम्मकै ठुला स्टार हुन् । उनके नेतृत्वमा माल्दिभ्सले दक्षिण एसियाली फुटबलमा आफ्नो शक्ति प्रर्दशन ग¥यो । माल्दिभ्सले जे जति खेल्यो त्यसको नायकत्व अस्फाकले गरे । उनकै प्रेरणदायी प्रर्दशनमा माल्दिभ्सले सन् २००८ को साफ च्याम्पियनसिपनै जित्यो ।

बंगलादेश साफको सदाबहार बलियो टोली हो । घरेलु भुमिका बंगलादेशले अझ राम्रो खेल्छ । तथ्याङ हेरौ, सन् २००३ मा घरेलु भुमिमा भएको साफ बंगलादेशले जितेको छ । घरेलु भुमिका राम्रो खेल्ने बंगलादेशलाई यस पटक भाग्यले दिएन । दुई खेल जितेर समेत बंगलादेश घरेलु भुमिमा समुह चरणबाटै बाहिरिएको छ ।

यि त भए साफ फुटबलका ‘शेरहरु’को सामान्य परिचय ।

अब मुख्य प्रश्न, के नेपालले साफ जित्न सक्छ ?

युद्धको नियम हुन्छ । आक्रमण अगाडी आधार तयार हुनपर्छ ।

के नेपाल उपाधिमाथि कब्जा जमाउन सक्षम छ ?

त्यसो भए साफ जित्ने नेपालसंग आधार के त ?

‘सक्छ, नेपालले साफ जित्ने हैसियत राख्छ ।’ नेपाली फुटबलको नाडीनशा छामेका खेल बिश्लेषक सञ्जिव मिश्र यसै भन्छन् ।
उनीसंग त्यसका प्रष्ट आधार समेत छन् ।

पहिलो आधार नेपाली खेलाडी अन्य सहभागि देशको तुलनामा अनुभवी छन् । नेपालको आन्तरिक फुटबल जति समस्याबाट गुज्रिएको किन नहोस तर मैदानमा नेपालले आफुलाई प्रमाणित गरेको छ । साग, सोलिडारिटी र बंगबन्धुले त्यसका उदाहरण हुन् । अझ भनौ नेपाललाई लगातार तीन उपाधि जिताएका अधिकांश खेलाडी अहिलेको टोलीमा समावेश छन् ।

दोस्रो कुरा, साफमा अफगानिस्तान समावेश छैन । त्यसमा नेपालले तुलनात्मक रुपमा सजिलो समुह पाएको छ । युरोपेली र अरबी क्लब फुटबलमा भिजेका अफगानि खेलाडी नभएपछि नेपालको उपाधिको बाटो केही सहज बनेको छ ।

तेस्रो आधार, बलियो दाबेदार इन्डियाले २३ बर्ष मुनिको टिम साफ खेल्न पठाएको छ । दक्षिण एसियामा नेपालकालागि भारत सधै तगारो बनेर बस्यो । तर राष्ट्रिय टिम नआएपछि नेपालले इन्डियाको उमेर समुहका खेलाडीको चुनौती पार गर्न सक्छ भन्ने अपेक्षा गर्न सक्छौ ।

चौथो कुरा नेपालले एशियाडमा राम्रो प्रर्दशन ग¥यो । जापानसंग अझ राम्रो प्रर्दशन ग¥यो । त्यो खेलमा नेपालको डिफेन्स र गोलकिपिङ लाईनको राम्रो परिक्षण भयो । जसमा नेपाल सफल भएको देखिन्छ । अर्को खेलमा भियतनामविरुद्ध पराजित भएपनि नेपालले त्यो खेलमा आक्रमक फुटबल खेलेको छ । गोलको अवसर सिर्जना गरेको छ । राम्रा क्रस निकालेको छ । तेस्रो खेलको पाकिस्तानविरुद्धको नतिजाले नेपाललाई केही निराश बनाउन सक्छ । तर त्यसको सकारात्मक प्रभाव साफमा देखिएको छ । नेपाली खेलाडी शतर्क भएर खेलिरहेका छन् ।

अन्तिममा नेपालसंग जितको भोक छ । साफ च्याम्पियनसिप धेरै देशले जिति सकेका छन् । तर सधैको दाबेदार नेपालले यो सफलता प्राप्त गर्न सकेको छैन । साफ नजितेको भनेको नेपाल, पाकिस्तान र भुटानले मात्र हो ।

त्यसैले विश्वकप बराबरको साफको उपाधिको भोक नेपाल जति अरु कसलाई होला र ?

https://www.youtube.com/watch?v=QAwyVbYck3Q

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्