Logo

कांग्रेसले आफु हारेर देशलाई जिताएको छ : सभापति देउवा


तुलसीपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङको लमहीमा शनिबार क्षेत्र नं. १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर आफु हारेर भएपनि कांग्रेसले देशलाई जिताएको बताएका छन् ।

सभापति देउवाले कांग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको छ’, भने । अब कांग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाएर देशकै पहिलो पार्टी बनाउनु पर्छ, उनले भने । देउवाले पाटीमा पार्टीको नीति नियम नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

सभापति देउवाले पार्टीलाई बलियो बनाउन गाउँस्तरबाटै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । ‘पार्टीलाइ एकताबद्ध बनाएर लैजान हामी सबै केन्द्रीय नेताहरु लागेका छौँ, तपार्इंहरु पनि गाउँ तहमा एकताबद्ध हुनुहोस्’, देउवाले भने । उनले कार्यकर्तालाई गुट–उपगुटमा नलाग्न आग्रहसमेत गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्