Logo

सरकारी खर्चमा राष्ट्रपतिले खुवाइन् तीजको दर


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सीमित महिलाहरूलाई बोलाएर आफ्नो सरकारी निवासभित्रै तीजको दर खुवाएकी छिन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा तीजको दर खाने कार्यक्रम धुमधामसँग मनाएकी हुन् । दर खान पुगेका महिला नेतृहरू तीज गीतमा छमछमी नाचेको स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नवीना लामाले सामाजिक सञ्जालमार्फत तीजको दर खुवाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यावाद दिएकी छिन् ।

सरकारी खर्चमा राष्ट्रपति भण्डारीले विभिन्न दलका नेतृ, सञ्चारकर्मी, समाजसेवी लगायतका सीतिम महिलाहरूलाई दर खुवाएकी हुन् । दर बनाउन क्याटरिङको प्रयोग गरिएको शीतल निवास स्रोतले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्