Logo

१० किलो सुन बरामद : दुई पक्राउ


 

गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको हो।

चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको हो।  दुइ जनाको साथबाट पाँचरपाँच किलोको सुनका बिस्कुट भेटिएको हो ।

चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्