Logo

नेकपा (माओवादी केन्द्र) उत्पत्यका कमिटीको बैठक सम्पन्न


 

काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका स्थानीय तहकामा कार्यरत नेतृत्वहरुको बैठक उत्पत्यका कमिटीका संयोजक क. पासाङ मोक्तानको अध्यक्षतामा बसि विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकामा माओवादी केन्द्रका अध्यक्ष क. गोपाल किराती र सचिव क. राजन तिमल्सिनाले पार्टी पोलिटब्यूरो बैठकले लिएका निर्णयहरु, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा चर्चा गर्दै माओवादी विचार, भावना र इतिहासको निरन्तरताकोलागि पार्टी पूनर्गठन गरेकाले त्यसको मर्म, भावना र ऐतिहासिक आवश्यकतालाई बुझ्नु पर्ने विषयमा जोड दिएका थिए ।

पार्टी पोलिटब्यूरो बैठकले तय गरेको “संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखन” बतर्मान समयको मग भएको र पार्टीको चरित्र सम्बन्धमा एकता, संघर्ष तथा रुपान्तरणको सर्वहारा चरित्रको पार्टी निर्माण गर्न यसका नेता–कार्यकर्ताहरुमा वैज्ञानिक दृष्टिकोण, जनपक्षीय राजनीति र इच्छाशक्तिको जरुरत पर्दछ । पार्टी नेतृत्वमा पुगेकाहरुले भारतीय पूँजीवादी गान्धी जति पनि त्याग गर्न नसक्नु नेपाली कम्युनिष्ट आन्दोलनको नियति बनेको कुरामा जोड दिदै नेतृत्वको त्यागको अभावमा रुपान्तरण र मुख्यतः रुपान्तरणको अभावमा सर्वहारा क्रान्ति सम्भव नरहेको तथ्यप्रति पार्टी दृढस्पष्ट हुनपर्ने कुरामा सबै नेता कार्यकर्ताले मनन गर्नु पर्ने कुरामा अध्यक्षले बिशेष जोड दिएका थिए ।

बैठकले तीन जिल्लाका सबै स्थानीय तहमा पार्टी संरचना निर्माण गर्न संयोजकहरु तोकेको छ भने जनवर्गी संगठन र मोर्चाहरुको नेतृत्व बिन्यास गर्दै माओवादी विचारको रक्षा र माओवादी संस्कृति निर्माणमा शैद्धान्तिक बैचारिक स्तरबृद्धिको लागि ब्यवस्थित अध्ययमा जोड दिइएको थियो । पार्टी स्कूलको स्थापना गर्दै तीन तहको पाठ्यक्रम निर्धारण गरी ब्यवथस्थित अध्ययनको बतावरण बनाउने समेत छलफल भएको थियो । पार्टी सदस्यदेखि जिल्ला तहसम्म आधारभूत तह, जिल्ला कमिटीदेखि केन्द्रीय सदस्यसम्म मध्यम तह र पोलिटब्यूरोदेखि पदधिकारीसम्म उच्चतहको पाठ्क्रम निर्माण गरी अध्ययन अनुसन्धानमा जोड दिने समेत जानकारी गराइयो ।

वर्तमान सरकार जनविरोधी र प्रतिगामी भएकाले त्यस विरुद्ध माओवाद मान्ने शक्तिसंग मोर्चावद्धी गरी वा एकल रुपमै संघर्ष गघि बढाउने ठोस गरेको छ । देशब्यपी कर आतंक सिर्जना गरी जनविरोधी हर्कत गरिरहेको र तस्करी, कालो बजारी, सिण्डीकेट, बलत्कार हत्या शान्तिपूण राजनीतिमाथि अघोषित प्रतिवन्ध र धरपक्कड आदिले कम्युनिष्टहरुको बदनाम गराएको र रातो झण्डाको दुरुपयोग गरेकोप्रति बैठकले गंभिर आपत्ती जनाएको छ । ओली–प्रचण्ड सरकारले मोदीसामू घुडा टेक्दै भारतीय फैजलाई निर्वाध रुपमा नेपाल भित्र्याइ राष्ट्रिय अस्मितामाथि खेलवाड गरेकाले त्यसको भण्डाफोर गर्न समेत बैठकले अपिल गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्