Logo

नेपालबाट ५ सय मेगावाट विधुत बङ्गलादेशले खरिद गर्ने


 

बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत खरिद गर्ने भएको छ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५ सय मेगावाट विद्युत बङ्गलादेशले खरिद गर्ने भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको बङलादेश भ्रमणका क्रममा उहाँका समकक्षी नसरुल हमिदलले सो आयोजनाको ५ सय मेगावाट विद्युत खरिद गर्नेबारे जानकारी गराएका थिए ।

बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जीएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५ सय मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि भएको थियो ।

नेपाल–बङ्गलादेशबीच गत महिना भएको ऊर्जा क्षेत्रको सहकार्य सम्बन्धी सम्झौता कार्यान्वयनका लागि गठित ऊर्जा सचिव र सहसचिवस्तरीय समितिको पहिलो काठमाडौंमा बस्ने सहमति भएको छ । तीन दिने भ्रमण सकेर मन्त्री पुन आज स्वदेश फर्केका छन् । भ्रमणमा मन्त्री पुन, मन्त्रालयका सहसचिव दिनेश घिमिरे र विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागी थिए ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्