बावुराम भट्टराईका बाह्र कुरा
बावुराम भट्टराइले देशमा १० प्रदेश पुर्याए समस्या हल हुने बताएका छन् । नयाँ शक्ति नेपालका संयोजक भट्टराईले सात प्रदेशले नपुगेको दावी गरेका छन् । काठमाण्डौमा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । जनतामा असन्तुष्टि र द्धन्दको घाउ पाक्यो भने त्यसले विकराल रुप लिने उनले दावी गरेका छन् । कार्यक्रममा भट्टराईले १२ कुराहरु बताएका छन् ।
भट्टराईका १२ कुरा :
- ‛एउटै भाषा बोल्ने धेरै समुदाय भएको ठाँउमा छुट्टै प्रदेश बनाउनुपर्छ ।’
- ‛तराई मधेशमा २ वटा र पहाडमा ८ वटा प्रदेश बनाउनुपर्छ ।’
- ‛अबको ५ बर्षभित्र नेपालमा १० प्रदेश भएरै छाड्छ ।’
- ‛नेपाल राज्यको पुर्नःपरिभाषित गर्नुपर्छ ।’
- ‛अफ्रिकाबाट मधेशी समुदाय पहाडी समुदायभन्दा पहिले नेपाल आइपुगको हो ।’
- ‛एकलाख बर्षअघि होमोसेपियन प्रजातिका मानिसहरु अफ्रिकाबाट नेपाल आउने क्रममा मधेशीहरु पहाडी भन्दा पहिला आएको हो ।’
- ‛पहाडी मानिसहरु पछि आएका हुन् । मधेसी सवैभन्दा पुरानो आदिवासी हो ।’
- ‛१६ औं, १७ औं शताब्दीसम्म काठमाडौंमा मधेशीले शासन चलाएका हुन् । महिषपाल, गोपालवंश, किराँती सबै मधेशी हुन् ।
- ‛जाती समुदायले आधिकार पाउने लोकतन्त्र बन्न सकेको छैन ।’
- ‛संविधानको प्रस्तावनामा माओवादी आन्दोलन, मधेशी आन्दोलन, जनजाती आन्दोलन उल्लेख नगर्नु आपत्ति पुर्ण छ ।’
- ‘नेपालको बहुजातिय, बहुसांस्कृतिक पक्षलाई बुझ्नेगरी हामीले राजनीतिक व्यवस्था गर्दैनौँ, सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने ढंगको बाटो लिँदैनौ, त्यतिबेलासम्म हामीले जति लोकतन्त्रको बाँसुरी बजाएपनि समस्या समाधान हुँदैन ।’
- ‘पशुलाई त बाँधीराख्यो भने प्रतिकार गर्छ मान्छेलाई बाँधीराख्न सकिन्छ ।’