जनवादी क्रान्ति पुरा भयो, अव समाजवादी क्रान्ति – गृहमन्त्री बादल
मुन्धुमस्टार
समाजवादीगृहमन्त्री रामबहादुर थापा बादलले गोरखा पुगेर देशमा जसरी पनि समाजवाद ल्याउने बताएका छन् । पालुंटारमा आयोजित सहिद वाग्ले र मीमसेन पोखरेलको १९ औँ स्मृतिसभामा उनले यसो भनेका हुन् ।
बादलले भनेका कुरा :
- ‘भ्रष्टचारी, दलाली, ठग, तस्कर, घुसखाने प्रशासक, प्रहरी, वैदेशिक रोजगारमा ठगी गर्ने दलालहरु, सिण्डीकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पुयाउनेहरु, महिला दिदीशहिनीहरुलाई वेचविखन गर्नेहरु, काम नगर्ने ठेकेदारहरु, बलत्कार गर्नेहरु, जग्गा दलाल, जनताका काममा ढिला सुस्ती गर्नेहरु समाजका बाधक रहेकाले यिनीहरुलाई ठेगान लगाएर समाजवाद ल्याइन्छ ।’
- ‛जनवादी क्रान्ति पूरा भएको छ, अबको क्रान्ति समाजवादी क्रान्ति हो ।’
- ‛समाजवादी क्रान्तिका मुख्य दुश्मनहरु पहिचानको क्रममा छन् ।’
- ‛सहिदहरुका बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्छ । समाजवाद के हो रु र यसका बाधक को हुन् रु भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको छ ।’



