वंशले देश चलाउ : गफले सरकार चलाउ
प्रस्तुति : एकराज रुम्दाली
‛कही नभएको जात्रा हाडीगाउँमा’– मिनेन्द्र रिजाल
रिजालले भनेजस्तै आज एक जात्रा चल्यो । तर, त्यो बालुवाटारमा । धुमधामले ओली वंशको त्यो वार्षिकोत्सव तुरिएको छ । सभामात्रै हुन् र, अभिनन्दन पनि । त्यसमा पुरस्कार चट्ट मिसाउँदा अक्षय कोषेसभा खुब रमाएको छ । कोषको थैलो कति छ कुन्नी, पाँच वर्षमै नेपाल बिना गरिबको हुने भयो । प्र.म– केपी ओली, प्रथम महिला–राधिका शाक्य र प्र.म पिता–मोहन प्रसाद ओली सम्मानित नै हुन् नी । कसैले नबुझेको हो र ?
प्र.म. ओलीले त, टक्टकाउँदो बालुवाटारको थलामा बसेर नेपाली नै मन पराएनन् । नेपालीलाई गरिबीमा बाँच्न नसुहाउँने रे । यत्रो स्रोत साधन भएर पनि गरिब भए रे । लौ ! केही गरी नेपालीलाई नसुहाउँने आज उनले देखे । आफुले सपार्ने कुरा गरेका ओलीले पुर्खाहरुको खुबै कुरा काटे । नेपालीलाई यस्तो नियती भोगाउने उनिहरु नै पो हुन् रे । खै के भन्नु ।
उनले पाँच वर्षको कसमै खाएर बोलेका छन् । ‛अब नेपालमा गरिब शुन्य हुन्छ ।’ ठिकै छ, वंशको नाममा वालुवाटार प्रयोग गरेर देश चलाऊ । सुशासन र विकास- सुखी र समृद्धिको कुरा गरेर सरकार चलाउ ।