बेल्जियमको सहज जित
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमले स्कटल्याण्डलाई ४ – ० गोल अन्तरले हराएको हो ।
स्कटल्याण्डको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयाईले दुई गोल गरे । यस्तै रोमेरो लुकाकू र इडेन हाजार्डले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध बेल्जियमले पहिलो हफा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल गरेको थियो ।
युएइएफए नेसन्स कपको तयारीमा रहेका दुवै टोलीले मैत्रीपूर्ण खेल खेलका हुन् ।