‘निर्मलाको हत्या अनुसन्धानमा प्रहरीकै कमजोरी देखियो’ : छानबिन समिति
कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिन गरिरहेको छानबिन समितिले घट्ना अनुसन्धानमा प्रहरीको कमीकमजोरी देखिएको जनाएको छ । आज यहाँ आयेजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । समितिले ३–४ दिनभित्रै अनुसन्धान प्रतिवेदन गृहमन्त्रालयमा पेस गर्दैछ । छानबिन समितिका संयाजक हरिप्रसाद मैनालीले पत्रकार सम्मेलनमा घट्ना तथा अनुसन्धान बारेमा आफ्ना धारणाहरु राखेका छन् ।
मैनालीले सम्मेलनमा बताएका कुराहरु :
- ‘जिम्मेवार प्रहरी अधिकारीबाट घटना छानबिनमा बेवास्ता देखिएकाले हामीले यहाँ आएकै दिन कञ्चनपुर प्रहरी प्रमुखलाई निलम्बन गर्न सरकारलाई सिफारिश गरेका थियौँ ।’
- ‘हामीले तथ्य सङ्कलन र विभिन्न पक्षसित समन्वय गरेर काम गयौँ’, ‘घटना छानबिनका क्रममा स्थानीय र नागरिक समाजलगायत सबै पक्षबाट सहयोग प्राप्त भएको छ ।’
- ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम पनि गरेको छानबिनका क्रममा देखियो, यी सबै विवरणसहित यथार्थ प्रतिवेदन मन्त्रालयलाई बुझाउँछौँ ।’
- ‘तीन-चार दिनभित्रै हामी घटनाको सत्य, तथ्य र अनुसन्धान विवरणसहित गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्छौं’, घटना अनुसन्धानमा प्रहरीको कमीकमजोरी देखिएका छन् ।’
अब, निर्मला हत्याबारे छानबिन समितिले के–कस्तो प्रतिवेदन गृहमन्त्रालयमा पेश गर्ला ? के, निर्मलाको आत्माले शान्ति र परिवारले राहत पाउलान त ? यो बारेको खबर हेर्दै गर्नुहोला-
–मुन्धुमस्टार डटकम