Logo

प्रचण्डले भारतलाई आफ्नो अनुभव सुनाए


भारत भ्रमणमा रहेका प्रचण्डले भारतीय विश्व सम्बन्ध परिषदद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । आधा घण्टा सम्बोधन गरेका उनले लगत्तै भारतीय बुद्धिजीविको प्रश्नोत्तरमा आधा घण्टा उत्तर दिएका छन् । पाँच वर्षे कार्यकालमा बराबरी नेतृत्व लिनेबारे सोधिएको प्रश्नमा उनले भनेका छन्– ‘पार्टी एकताका सन्दर्भमा हामीबीच समझदारी भएको छ, तर त्यसले पाँच वर्षे सरकारको स्थायित्वलाई फरक पार्ने छैन । हामीले जनतालाई चुनावमा अपिल पनि गरिसकेका छौँ’ प्रचण्डले भारतीय बुद्धिजीवि तथा पूर्वराजदूत माझ भने, ‘बाँकी के के घटनाक्रम हुन्छ, तपाईहरुले थाहा पाइहाल्नु हुनेछ ।’

करिब आधा घण्टा सम्बोधन र आधा घण्टा बुद्धिजीविको प्रश्नको उत्तर दिएका प्रचण्डले विदेश नीतिको प्राथमिकताका साथै शान्ति प्रक्रियामा आउँदाको अनुभव सुनाएका छन् ।

प्रचण्डले भारतलाई सुनाएका आफ्ना अनुभवहरु : 

  • नेपाल भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदन थाहा छैन । तर, त्यससले नेपाल भारत सम्बन्ध दीगो र सकारात्मक बनाउने गरी सिफारिस गरेको छ भन्नेमा विश्वस्त छु । हाम्रो सम्बन्ध र सहकार्यको स्तर बढाउने यो ऐतिहासिक अवसर हो ।
  • हिला सामन्ती राजतन्त्रात्मक व्यवस्था थियो । अहिले लोकतान्त्रिक परिस्थिती निर्माण भएको छ । नयाँ परिप्रेक्ष्यमा सम्बन्ध परिभाषित गर्ने अवसर आएको छ । राजतन्त्रले फुटाउ शासन गरको शैलीमा विदेश नीति सञ्चालन गरेको थियो । अहिले त्यो अवस्था छैन । अहिले भारत र चीनबीच एकअर्काविरुद्ध प्रयोग हुने अवस्था छैन । सर्वसाधारण र नेपालका बुद्धिजीविले कुरामा विश्वास पनि राख्दैनन् ।
  • पृथ्वीनारायण शाहले सामन्ती माध्यमबाट देशको एकीकरण गरे । दुई ढुंगाबीचको तरुल भन्ने व्याख्या प्रतिरक्षात्मक व्याख्या थियो । त्यसमा हामी सहमत छैनौँ ।
  • विकसित र समुन्नत छिमेकी (भारत र चीन) हाम्रो उन्नती र आर्थिक विकासका लागि अवसर हुन् । यो नेपाली जनताको साझा बुझाई हो ।
  • तिहासिक, सांस्कृतिक, सभ्यता, राजनीतिक हिसाबले नेपाल भारत सम्बन्ध अर्को देशसँग तुलना हुन सक्दैन । कुनै बेला राजा महाराजाहरुले यो सम्बन्धलाई अन्तसँग तुलना गर्थे । अहिले यो अवस्था छैन । राजनीतिक लोकतन्त्रका हिसाबले पनि हाम्रो सम्बन्ध युनिक छ । सभ्यता र इतिहासले पनि हाम्रो सम्बन्ध युनिक हुनु पर्छ भन्नेतर्फ हामीलाई सधै निर्देशित गर्दै आएको छ । हाम्रो भारत र चीनसँगको सम्बन्ध अलगअलग हुन्, एकअर्कामा तुलनीय छैनन् ।
  • मेरो पछिल्लो प्रधानमन्त्रीकालमा भारत र चीनसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध स्थापित भयो । यसका लागि म भारतीय नेतृत्वलाई धन्यवाद दिन चाहन्छु । मेरो पछिल्लो कार्यकालमा नेपालको आर्थिक वृर्द्धिदर ७ दशमलव ५ प्रतिशत हासिल भयो । मैले त्यसबेला बनाएको सम्बन्धको आधारमा टेकेर वर्तमान सरकारले भारत र चीनसँग सम्बन्ध थप मजबुत बनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणले सम्बन्ध अत्यन्तै सकारात्मक भएको छ । मेरो समयमा तयार भएको आधारमा यो अवस्था आएको हो । अहिले मोदी र ओली दुवैले सम्बन्ध थप सुदृढ बनाउन खोज्नु भएको छ । भारतसँग सम्बन्ध थप सुदृढ बनाउने विषयमा प्रधानमन्त्री ओली चिन्तित हुनुहुन्छ ।
  • मेरो नेतृत्वको पछिल्लो सरकार र वर्तमान सरकारबीच म तुलना गर्न चाहन्न । मेरो समयमा कन्फिडेन्सियल र मित्रवत सम्बन्ध स्थापित भयो । यति मात्रै भन्न चाहन्छु ।
  • प्रो चाइना र प्रो इन्डिया भन्ने अवधारणा पुरानो हो । ओलीजीलाई २५ वर्षदेखि मानिसहरुले प्रो इन्डियन भन्दै आए । बीचमा तलमाथि भयो । अहिले मोदीसँग सम्बन्ध अत्यन्त राम्रो भएपछि फेरि प्रो इन्डियन भन्न थालेका छन् । त्यसकारण यो युमर मात्रै हो । बौद्धिक वर्गले नेतृत्वलाई सम्बन्ध सुदृढका लागि उत्प्रेरित गर्नुपर्छ भन्ने म ठान्दछु ।
  • पार्टी एकीकरण हुँदा केपी ओली र मेरोबीचमा सम्झौता भएको छ । तर सरकारको स्थिरतामा तलमाथि हुँदैन । बाँकी कुरा घटनाक्रमले तपाईहरुलाई बताउने नै छ ।
  • १२ वर्षे द्वन्द्व र त्यसपछिका १२ वर्षको परिस्थिति बिलकुल फरक परिस्थिति हो । युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतिपूर्ण कार्य थियो । मेरा लागि यो अवसर थियो । साम्राट अशोकपछि बौद्धमार्गी भएँ । मलाई पनि उनीजस्तै बन्ने अवसर प्राप्त भयो । मेरा लागि यो दुर्लभ अवसर हो । मसँग अरु विकल्प पनि थिएन । मैले हतियार र लडाकु व्यवस्थापनको जोखिम लिएँ जसले पार्टी फुट्यो, हामी तेस्रो भयौँ । यसमा मलाई पछुतो छैन ।
  • मैले विश्वभरका साथीहरु (माओवादी समूहहरु)लाई भनेको छु, विश्वमा आएको परिवर्तनको लहर बुझ्नुस् । हामीले शान्तिपूर्ण, लोकतान्त्रिक रुपमा श्रमजीवि वर्गको हितमा काम गरेका छौँ । विश्वमा आएको परिवर्तनको लहर नबुझ्ने हो भने अब उनीहरुलाई निकै गाह्रो हुनेवाला छ ।
  • १२ बुँदे समझदारीमा भारत र अन्य विदेशी मित्रहरुको सहयोग छ । तर म १२ बुँदेको आधारभूत मान्यताबाट बाहिरिएँ । निर्वाचनपछि सरकारको नेतृत्व गर्ने बेलामा मैले भावनात्मक निर्णय लिएँ (कटवाल प्रकरणतर्फ लक्षित गर्दै) । अर्को, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सकिनँ । उहाँको नेतृत्वमा मुलुकको लोकतान्त्रिक रुपान्तरण भएको थियो, उहाँजस्तो टावरिङ पर्सनालिटी थिएन भने यो सम्भव हुने थिएन । तर त्यो गल्ती मेरो थिएन, परिस्थितिले मलाई सेन्टिमेन्टल बनायो । म अहिले त्यो अवस्थामा छैन ।
  • धेशी जनताको जायज समस्या समाधान गर्न हामी सकारात्मक छौँ ।

‛प्रचण्ड’ भ्रमणका अन्य खबरको लागि प्रतिक्षा गर्नुहोला    –  (मुन्धुमस्टार डटकम)


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्