Logo

विचारमाथि दमन किन ? -बिमल निरौला


नेपालको संविधान २०७२ को भाग ३ को धारा १७ मा स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोहि धाराको उपधारा १ मा ‘कानुन बमोजीम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ ।

तर खड्ग प्रसाद ओली नेतृत्वको सरकारको प्रहरी प्रशासनले अभियुक्त बनाएर अदालतमा मुद्दा चलाएको व्यक्तिहरुलाई अदालतले रिहाइ गरेपछि पनि पटक –पटक पक्राउ गरेर संविधानको खिल्ली उडाइ रहेको छ । सोहि धाराको उपधारा २ को क मा विचार र अभिव्यक्ति स्वतन्त्र रुपले राख्न पाउने उल्लेख गरेको भएता पनि सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई स्वतन्त्र रुपले आफ्ना विचारहरु राख्न दिइरहेको छैन ।

अर्को तिर सरकारले संविधानको मात्र खिल्ली उडाउने काम गरेको छैन की संसदवादी नेकपाको सरकारले नैतिकता पनि गुमाउदै गहिरहेको छ । एकतिर वर्ता गर्ने भन्दै आएको छ भने अर्का तिर नेता कार्यकर्तालाई दिनहुँ गिरफ्तार गरिरहेको छ । कम्युनिष्ट नामधारी सरकारले आर्थिक समृद्धि र समाजवादको भाषण गर्दै व्यवहारमा फाँसीबादी बाटो आंगालेको छ । नागरिकहरुलाई आफ्नो विचार राख्ने नैसर्गिक अधिकारबाट वञ्चित गराउन खोज्नु भनेको मुलुकमा शान्ति र स्थायित्व कायम गर्ने ध्यये सरकारको पटकै होइन ।

नागरिकको विचारलाई कुल्चने प्रयास गर्नु सरकार पतनको बाटोमा जानु हो । अहिलेको संविधानमा भएको मौलिक हकको विषय मुलुकलाई अग्रगमन तिर लैजाने मुख्य आधार हो ।ती आधारहरुलाई व्यावहारमा उतार्न सरकारले पटक्कै चाहेको देखिदैन । संविधानको पालना गर्न सरकार आफै तयार किन हुन सक्दैन ?

प्रधानमन्त्री केपी ओलीले भन्ने गरेका छन् २०५२ साल भन्दा अगाडि तत्कालीन माओवादीलाई वेवास्था गरेकै कारण मुलुकले लामो समय सम्म हिंसा बेर्होनु प¥र्यो । प्रधानमन्त्री ओलीको भनाईले के प्रष्ट हुन्छ भने उनी जनयुद्धलाई हिसां भन्छन् भने त्यहि जनयुद्धको बलबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता ,समावेशी, समानुपातिक जस्ता उपलब्धिहरुलाई ध्वस्त बनाउन उनलाई कुनै आफ्ठ्रयारो छैन ।

त्यसैले प्रधानमन्त्री ओली कम्युनिष्ट विचार राखेर संगठानिक गतिविधि बढाउने दललाई कडाई गर्दै उनीहरुलाई समाप्त बनाउने खेलमा छन् । विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको गिरफ्तारी यसैको उदारण हो । ओलीले कम्युनिष्टको खोल ओडेर कम्युनिष्ट विचारमाथि दमन गर्दै जुन हर्कत देखाउदै छन् । उनले बुझन जरुरी छ दमनले विचार समाप्त हुदैन र आक्रमणबाट विचार रोकिदैन । जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ ,जहाँ विद्रोह हुन्छ त्यहाँ विष्फोट हुन्छ यो प्रकृतिक नियम हो ।

आफु ५० वर्ष देखि कम्युनिष्ट आन्दोलनमा होमिएको भाषण गर्ने ओली आफै दुई तिहाई बहुमत को प्रधानमन्त्री बन्दा श्रमजीवी वर्गको हितमा काम गर्नु भन्दा दलाल पुँजीवादीहरुको स्वार्थमा काम गर्न अग्रसर छन् । यसैको परिणाम स्वरुप सरकारले श्रमजीवी वर्गको पक्षमा आवाज उठाउने राजनीतिक पार्टीका नेता तथा कार्यकताहरुलाई जेलमा सडाउने षडयन्त्रमा लागि रहेका छन ।

कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन उदत रहेका केपी ओली सँग आत्मसर्मपण गरेका प्रचण्ड पनि हिजो आफुसँगै जनयुद्ध लडेका कमरेडहरुहरुलाई सिध्याउने खेलमा हिडिरहेका छन् । १० वर्ष सम्म जनयुद्धमा सँगै हिडेका , श्रमजीवी वर्गको मुक्तिलाई आफ्नो एक मात्र सपना ठानेर प्रचण्डसँगै यात्रामा होमिएका कैयौ नेता कार्यकर्ताहरु अहिले पनि त्यहि यात्राको अभियानमा छन् । प्रचण्ड गल्नु ,थाक्नु सामान्य कुरा हो तर प्रतिकियावादी सँग काँध मिलाएर आफ्नै विगतको विचारमाथि धावा बोल्नु प्रचण्डको ठूलो अपराध हो ।

जनयुद्धकै नायक प्रचण्डले नै विचारमाथि दमन गर्न ओलीलाई साथ दिएपछि ओली झनै हौसिएका छन् । उनी पछिल्लो समय जनताले निर्वाचित गरेको प्रधानमन्त्री भन्दा पनि जनतालाई जितेर आएको एक नायक हुँ भन्ने प्रमाणित गर्न खोजि रहेका छन् । प्रचण्ड र ओलीले ‘सयौं फुलहरुलाई फुल्न देऊ, सयौं विचारधाराहरुलाई प्रतिस्पर्धा गर्न देऊ’ भने माओको भनाई नपढेका होइन तर जब यिनीहरुले कम्युनिष्ट विचार छोडे यस्तो विचार समाप्त वनाउन उनीहरु नै लागे । ओली र प्रचण्ड कम्युनिष्ट विचार समाप्त गर्न जति सुकै लागे पनि त्यो सम्भव छैन । उनीहरु भन्दा निकै शक्तिशालीहरु विगत देखि अहिले सम्म कम्युनिष्ट विचारमाथि आक्रमण गर्न लागि परेका शासकहरुले पनि विचारलाई ध्वस्त वनाउन सकेको इतिहास छैन भने जावो ओली र प्रचण्डले ध्वस्त वनाउन सक्ने कुरा नै भएन ।

ओली सरकार छोटो समयमा नै अलोकप्रिय बन्न पुगेको छ । जनतालाई झुक्याउन निर्वाचनमा ठूला–ठूला सपना देखाएका रहेछन । उनले रेल र पानी जहाजको वारे जुन भाषण गरे त्यो बकबास मात्र रहेछ भने नेपाली जनताले बुझिसके । ओलीले लामो समय सम्म झुक्याउन खोजेका थिए तर जनयुद्धले ल्याएको चेतनाको कारणले नागरिकलाई उनले लामो समय झुक्याउन सकेनन् । यहि कारणले उनी प्रधानमन्त्री भएको छोटो समयमा नै अलोकप्रिय हुन पुगे । ओली र प्रचण्डले कम्युनिष्टको खोल ओडेर कम्युनिष्ट विचार माथि जुन दमन गरिरहेका छन् यसले उनीहरुको पुँजीवादी चरित्रलाई सार्वजनीक गरेको छ ।

पतनको बाटोतिर हिडिरहेको ओली र प्रचण्डको सरकारले आफ्नो पतनलाई रोक्नको लागि पनि संविधानले ग्यारेण्टी गरेको लोकतान्त्रिक अधिकारबाट जनतालाई रोक्न हुदैन र स्वतन्त्ररुपले विचार राख्न पाउने अधिकारलाई रोक्न नखोज्नु नै उनीहरुको लागि पनि हितकर हुन्छ ।

संसारको सबै भन्दा उत्कृष्ट शासन व्यवस्था भनेको ‘कम्युनिष्ट व्यवस्था’ नै हो त्यसले मात्र उत्पीडित वर्ग र जातिको मुक्ति गर्न सक्छ । त्यसैले धेरै सचेत नागरिकहरु कम्युनिष्ट शासन प्राप्तिका लागि आफ्नो जीवन बलिदान गर्न तयार छन् । केपी ओली नेतृत्वको सरकारले दमनबाट विचार रोक्न सकिदैन भन्ने हेक्का राख्नै पर्दछ ।

नेकपाका महासचिव क.विप्लवले पक्राउ गरेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई रिहाई गरि आफ्नो राजनीतिक विचार राख्न पाउने अधिकारलाई हस्तक्षेप नगरे वर्तामा बस्न सकिने संकेत दिएका छन् । यो विप्लव नेकपाको सकारात्मक कदम हो । यो कदममा माओवादीहरुले उचित ढंगबाट सहयोग गर्दै सरकारलाई वार्ताको वातावरण बनाउन दवाव दिन आवश्यक छ ।

अत ः संशोधनवादीहरु एक ठाउँमा भएर कम्युनष्ट विचार माथि दमन भैरहेको बेला यसलाई रोक्न र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउदै समाजवाद सम्म पुग्नका लागि सच्चा कम्युनिष्टहरु एक ठाउँमा आउन जरुरी छ । यसका लागि क्रान्तिकारी कम्युनिष्टहरुले असाधारण सहास ,धैयता र त्याग देखाउने बेला आएको छ । व्य

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्