प्रेस स्वतन्त्रता सम्बन्धी ऐन संंशोधन गर्न सरकार तयार छ – मन्त्री ढकाल
प्रेस स्वतन्त्रता हननसम्बन्धी कुनै प्रकारका व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । अनलाईन पत्रकार संघद्धारा आयोजित एक अन्तरक्रियामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो कुरा बताएका हुन् ।
ढकालका अभिव्यक्तिहरु :
- ‛व्यक्तिगत अधिकार कसैले हस्तक्षेप नगर्नका लागि नयाँ मुलुकी ऐन ल्याइएकाले त्यसले प्रेस स्वतन्त्रतामाथि कुनै अंकुश लगाउँदैन ।’
- ‛संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता भन्ने उल्लेख भएकाले कहीँकतैबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुँदैन।’
ढकालको प्रतिवद्धता :
- मन्त्री ढकालले नेपाल पत्रकार महासंघले आफूलाई बुझाएको प्रेस स्वतन्त्रता हननसम्बन्धी संशोधन गर्नुपर्ने बुँदाको आधारमा परिमार्जन गर्नका लागि छलफल चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
(अब, प्रेस स्वतन्त्रताविरोधी व्यवस्था हटाउन सरकारले के–कस्तो कदम चाल्छ त ? खबरको लागि हामीलाई हेर्दै गर्नुहोला )
- मुन्धुमस्टार डटकम