प्रचण्ड र गृहमन्त्री सिंहबीच भेट : वार्ता फलदायी
हिजोदेखि भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । आज अपरान्ह उनिहरुबीच भेटवार्ता भएको हो ।
भेटको विशेष छलफल :
- प्रचण्डले दुवै देशबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
- नेपाल–भारत सम्बन्ध विस्तारका लागि दुवै देशलाई राम्रो अवसर मिलेको छलफलमा टिप्पणी गर्दै,
- नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर जानुपर्ने विषयमा छलफल भएको छ ।
थप छलफल :
- प्रचण्डले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग प्रवासी नेपालीले सीमा क्षेत्रमा भोग्नुपर्ने लुटपाटका घट्नाप्रति ध्यानकर्षण गराएका छन् ।
- गृहमन्त्री सिंहले पनि यो समस्याबारे तत्काल सवै क्षेत्रका अधिकारीलाई सूचना गर्ने बताएका छन् । सँगै उनले अब सीमा क्षेत्रमा यस्ता घट्ना नघट्ने विश्वास समेत दिलाएका छन् ।
- आज विहान प्रवासी नेपालीहरुले भेटमा प्रचण्डसँग सीमा क्षेत्रका लुटपाट समस्याबारे बताएका थिए ।
‛प्रचण्ड’ भ्रमणका अन्य भेटवार्ताबारे खबरको प्रतिक्षा गर्नुहोला – (मुन्धुमस्टार डटकम)