पुन:निर्माणमा स्थानीय तह परिचालन गरिने
सरकारले भूकम्प पुननिर्माणकोे काममा स्थानीय तहलाई परिचालन गर्ने भएको छ । निर्माण काम सुस्त देखिएको भन्दै स्थानीय तह परिचाल गरिने भएको हो । राष्ट्रिय पुनिर्माण प्राधिकरणको निर्देशक समितिको १३ औँ बैठकले स्थानीय तहलाई केही जिम्मेवारी समेत प्रदान गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले निजी आवासको पुननिर्माणको निरिक्षण र सिफारिसको जिम्मेवारी दिएको हो । पुननिर्माणको काम व्यवस्थित र प्रभावकारी बनाउन परिचालनको निर्णय गरेको हो । अव स्थानीय तहले पुननिर्माण सम्बन्धी सहजीकरणका साथै अनुगमन गर्नेछन् ।
पहिलो किस्ता रकम पाइसकेका लाभग्राहीले आगामी पुस महिनाभित्र दोश्रो किस्ता लिइसक्नुपर्ने बैठकले निर्णय गरेको छ । र, २०७६ वैशाखभित्र तेस्रो किस्ता लिइसकनुपर्ने तालिका निर्धारण गरेको छ । भूकम्प परिवारले हालसम्म नपाएको ३ लाख सहुलियत ऋण सहज रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कार्यविधि परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रधानमन्त्री ओलीले पमुख कार्यकारी अधिकृतबाट प्रस्तुत पुननिर्माण सम्बन्धी कार्ययोजना अनुरुप काम अघि बढाउन निर्देशन दिएका छन् ।