Logo

सडक बालक


  •  टंक किराती

दया रुपी प्राप्त
पाॅच दशका नोटहरु
असरल्ल छरेर
परान गएको छ
एक बालक
एकाईसौ सताब्दीका मनुवाहरु असख्या
ओहर दहोर गरिरहने बिच सडकमा
टक्क उभीन्छु
करुणाको दृष्ट्री उ तीर फाल्छु
मलाई गिज्याई रहे झै लाग्छ
मेरो आधुनिक सभ्यता
चस्स मुटु घोच्च
म कती नालायक जन्मीए छु है
उसलाई जन्माउने आमा बाबु जस्तै

उ नीर भएर
गुडीरहेका गाडीका तातीहरु
उ छेउ भएर
लम्कीरहेका हजारौ पाईलाहरु
छन आफ्नौ रफ्तारमा यात्रारत
एक नजर उ तीर कर्काउदै ,
मानौ सबैको गन्तव्य छ
लाग्छ ,
केही छैन त उसको छैन
कोही छैन त उसैको छैन

सायद ,
तिनिहरुको पनी मुख अमीलो भएकै हुदो हो
निकै टाढा सम्म
मेरो जस्तै
अनी
गाली गर्दा हुन
नालायक की बलत्कारी बाबुलाई
या
बिवश की ब्यबिचारी आमालाई
या
मागी गुजारा चलाउने उनैलाई
या
किकर्तव्यमुढ बन्दा हुन म जस्तै
अनी अनन्त सम्म तरङ्गीत हुदै
रन्थनीदा हुन
आफ्नो असक्षमता प्रती

सोची बस्छु ,
तीनको बाबु कस्तो होला
के के चाही गर्दा हुन
तीनका आमा कस्ती होलीन
के के चाही सोच्दीहुन
हुन सक्छ ,
कतै ग्लानीले जल्दै होलान उसको बाऊ
की
भट्टी पसलमा हुकांर छाट्दैछ ?
कती गज्जब भा थ्यो भनी।
उसको आमा ?
पक्कै पनी
त्यो क्षण सम्झदा
मुस्कुराउदा मुस्कुराउदै वर्तमानले ऐठान पार्दो हो
झोलामा किताब बोकी
भकुन्डोको पछी पछी दैडने त्यो दृष्यले
मुर्छनामा पुर्याउदो हो
की
आफैलाई सराप्दै
खोजी बस्दै छ
भुस्तिक्ख्रे नालायकहरु

जो जहाॅ सुकै रहुन
उ पल्टी नै रहेछ
बीच सडक किनार
उ माथी बज्री नै रहेछ
तातो घामको प्रहार
कसैको बढ्दैन सितलताको छाता उ तीर
बरु छेक्दो छ हावापनी
उ छेउ भएर निस्कने मानव की दानवका चापले
कोही छैन उसका दुखाई सोध्नेहरु
कतै देखिनन् आँशु खसाल्दै मेरो बाबु भन्नेहरु
होलान त बढीमा
म जस्तै चुक्चुकाउने
अनी च्व च्व गर्नेहरु
नियल्छु उन्लाई
यचना छैन जीवनको
बरु
अघी सम्म
जीवन पसार्दै थियो
एक टुक्रा रोटीको लागी
लागेको होला उसलाई
जीवनको मुल्य एक टुक्रा रोटी हो
या
एक टुक्रा रोटीको मुल्य जीवन हो
यस्ता टुक्रा रोटी त कती लिईयौ लिईयौ
की
अविश्वस छ उनलाई
जीवन प्रती
या
मान्छेहरु प्रती
उनैको नाममा खोलिएका डलरवादी एनजीओ ईएनजीओ प्रती
या
उनकै नाम जोडिएको मन्त्रालय प्रती
सायद रहेन होला विश्वस
राज्यको यन्त्र संयन्त्र प्रती
नानावली कसम खादै
तिम्रै सेवा सहयोगमा मरिमेट्छु भन्नेहरु प्रती
र त
यचना गरेन होला जीवनको
संकल्प गरेन होला बाच्नुको

अझै पनी निरन्तर
मुर्छना खाईरहेछन्
सडक सडक
पेटी पेटी
गल्ली गल्ली
बेहिसाब जीन्दगीहरु
चिहाई रहे झै मानवतालाई
गिज्याई रहे झै समाजवादी राज्यलाई


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्