इलाममा यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान शुरु
काठमाडौं । बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ ।
सरोकारवाला निकाय र संघ संस्थाको अगुवाइमा इलाममा मानव बेचविखन विरुद्धको १२ औँ राष्ट्रिय दिवसका अवसरमा अभियान शुरु गरिएको हो ।
पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासंघ, महिला सञ्जाल, आमा समूह, चेतना न्याय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
पछिल्लो समय व्याप्त जबर्जस्ती करणी र यौनजन्य हिंसा अन्त्यका लागि यो अभियान कोशेढुङ्गा सावित हुने र यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
अभियानका क्रममा एक महिनासम्म यस सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रग गरिने बताइएको छ ।