Logo

प्रचण्डका हातमा ‛नेकपा’, गोपाल किरातीसँग ‛नेकपा माओवादी (केन्द्र)’ : एक भिषण सन्दर्भ


 

दृश्यमा प्रचण्ड–साइला टकराव

क समय ‛प्रचण्ड’ले घरी संविधानसभामा त घरी अन्तै कतैको सभामा खुवै दोहोर्याउँथे–‛राजनीति सम्भावनाको खेल हो’ भनेर । विशेषत: यो अभिव्यक्ति प्रधानमन्त्रीकै कुर्सि खेलसँग सम्बन्धित भनेर बुझिन्थे । तर छोटो कालमै सम्भावनाको खेल नै भनौ, प्रचण्डले सँगै जनयुद्ध लडेका साथीभाइ माया मारेर एमालेसँग एकीकरण गर्ने मनस्थितिमा पुग्नुपर्यो । यो नेपाली राजनीतिमा एउटा ‛सरप्राइज’ नै भयो ।

आंशिक ‛सरप्राइज’ त यो पनि छ की ; पार्टीबाट पहिल्यै छुट्टिएर वैद्यसँग गएका राम बहादुर थापा ‛बादल’लगायत फर्केर फेरि प्रचण्डसँग मिलेर जानु । प्रचण्डसँग पछिल्लो समय अनेकन (सैद्धान्तिक,वैचारिक,व्यवहारिक) मुद्धामा बिमति राख्दै छुट्टिएका बादल चुपचाप प्रचण्डसँगै हिड्न तयार भए ।


यस्तै श्रृंखलामा प्रचण्डसाँमु एक पात्र कालो पर्दा बनिदिए । उनी थिए गोपाल किराती । उनले अघि सर्दै प्रश्न गरेका थिए–‛प्रचण्ड कमरेड, हामीले एमालेसँग एकीकरण गर्दा हाम्रो माओवाद र पहिचानको मुद्धा के हुन्छ ?

यसको उत्तर प्रचण्डले केही दिनपछि खुमलटारस्थित आफ्नै निवासमा सम्पन्न एउटै बैठकबाट दिए । मिति २०७४ फाल्गुन १० गते विहानै बसेको केन्द्रिय समितिको बैठकले गोपाल किरातीलाई पार्टीबाटै निष्कासन गरेको घोषणा थियो त्यो । किरातीसँगै लोकेन्द्र विष्ट र विश्वभक्त दुलाल पनि निकालिए ।

पार्टीबाट निष्कासन गरिएलगत्तै किरातीले विज्ञप्ति जारी गर्र्दै भनेका थिए– ‛दक्षिणपन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनीले हामीलाई ‛कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद दिनुपर्छ ।’


………..भित्रभित्रै साइत जुराएपछि प्रचण्डले एमालेसँग एकीकरण गरिछाडे । किरातीले पनि तत्काल रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरे । र, भने– ‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालिन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौँ ।’ अन्तत : गोपाल किरातीको नेतृत्वमा नेकपा माओवादी केन्द्रकोे पुनर्गठन गरियो ।

पुनर्गठित पार्टी नेकपा माओवादी केन्द्रले गएको भदौ १६–१७ मा राजनीतिक परिषद बैठक सम्पन्न गरेको छ । बैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको मुद्दालाई तत्कालीन राजनीतिक कार्यनीतिक मुद्धाका रुपमा अघि बढाएको छ । जुन बैठकद्धारा स्विकृत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । स्विकृत प्रतिवेदनले माओवादी केन्द्रबारे चासो र जिज्ञासा राख्ने जो–कसैलाई बुझ्न सहज भएको देखिन्छ । तसर्थ, तिनै प्रतिवेदनमा उल्लेखित विषयवस्तुहरुलाई मुन्धुमस्टार डटकमले संक्षीप्तमा केही शिर्षक दिई जस्ताको तस्तै उतार्ने प्रयास गरेको छ  :

राष्ट्रिय स्वरुपको संगठन

‛नेकपा माओवादी केन्द्र पुनर्गठनदेखि हालसम्म धेरै कामहरु भएका छन् । जसमा पार्टीका प्रदेश समिति बनेका छन् ; मजदुर, विद्यार्थी, महिला, सुकुम्बासी, शिक्षक, सहिद परिवार तथा पूर्व जनमुक्ति सेना र युवा मोर्चा पुनर्गठनको अभियानमा छन् । भने केन्द्रीकृत संगठन र विकेन्द्रीत स्वायत्तताको अवधारणामा राष्ट्रिय पहिचान मोर्चा गठन भइसकेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागले काम अघि बढाएको, छ । नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेकपासँग ध्रुवीकरण तथा क्रान्तिबारे सकारात्मक वार्ताहरु पनि भएको छन् । माओवादी केन्द्र सामान्यतः राष्ट्रिय स्वरुपको संगठन बनिसकेको छ ।’

र्वहारा चरित्र

‛सर्वहारा चरित्रको पार्टी निर्माण गर्न यसका नेता–कार्यकर्ताहरुमा वैज्ञानिक दृष्टिकोण, जनपक्षीय राजनीति र इच्छाशक्तिको जरुरत पर्दछ । पार्टी नेतृत्वमा पुगेकाहरुले भारतीय पूँजीवादी गान्धी जति पनि त्याग गर्न नसक्नु नेपाली कम्युनिष्ट आन्दोलनको नियति बनेको छ । नेतृत्वको त्यागको अभावमा रुपान्तरण र मुख्यतः रुपान्तरणको अभावमा सर्वहारा क्रान्ति सम्भव नरहेको तथ्यप्रति पार्टी दृढस्पष्ट हुनैपर्छ । सर्वहारावर्ग तथा देश र जनताको पक्षमा उच्चतम त्याग र समर्पणभावले
मुख्यतः रुपान्तरण सुनिश्चित गर्दा यही दशकमा समाजवादी क्रान्ति सम्भव छ ।’

थालिङ्गे कार्यशैली

‛विचार र राजनीतिमा प्रचण्डहरु गलत सावित भइसकेका छन् । अब, माओवादी केन्द्रमा आवद्ध आम नेता कार्यकर्ताले आफुलाई सही भएको प्रमाणित गर्नुपर्दछ । तर पार्टी संगठनमा देशव्यापी प्रदर्शन भएपनि चरित्र र कार्यशैली लथालिंगे प्रचण्डको भताभुङ्गे दरबार जस्तै हुनु एक भयानक समस्या छ ।’

मान नीतिमा एकता

‛माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिने, समाजवादी क्रान्तिलाई नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम स्वीकार गर्ने, सशस्त्र जनविद्रोह र गणतन्त्र रक्षार्थ निर्वाचन उपयोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने तथा वाह्य र आन्तरिक राष्ट्रिय स्वाधीनताबीच समायोजनद्वारा नयाँ राष्ट्रिय एकीकरण सफल पार्ने नीतिमा सहमत कम्युनिष्ट समूहसँग एकताको निम्ति अग्रसर छ । र,  राष्ट्रियता, जनवाद र जनजीविका तथा पहिचानको सवालमा सँयुक्त मोर्चा र कार्यगत एकताको निम्ति पनि अग्रसर छ ।’

माजवादी गणतन्त्रमा यात्रा

‘माओवाद ग्रहण नगरी कोही पनि सच्चा कम्युष्टि बन्न सक्दैन । ‛उत्पिडित वर्ग, जाति, क्षेत्र तथा लिंगका निमित्त संघर्ष नै सच्चा माओवादीको पहिचान हो । तसर्थ “माक्र्सवाद–लेनिनवाद–माओवाद लागू गर संशोधनवाद होइन, खुल्ला र स्पष्ट होऊ छलछाम र षड्यन्त्र नगर तथा एकतावद्ध होऊ नफुट” नै पार्टी आचरणको कार्यसुत्र हुनेछ । आचरणको अभ्यासद्धारा नै आफुलाई खरो रुपमा उतार्दै सर्वहारावर्ग र उत्पीडित जनसमूहको समाजवादी गणतन्त्र नेपाल सम्भव छ ।’

राजनीतिक कार्यदिशा र विधि

‛विचार र राजनीतिक कार्यदिशाका साथसाथै विधिमा चल्ने पार्टी निर्माण गर्न सर्वहारा चरित्रमा जोड दिन छुट्टै विद्यान बैठक जरुरी छ । पार्टी संगठन निर्माण गर्दा सर्वहारा दृष्टिकोण र वर्ग पक्षधरता, सक्रियता, क्षमता र आवश्यकता तथा इतिहासको सम्मान र विशेष व्यवस्था प्राथमिक आधार हुनेछन् । विशेष व्यवस्था अन्तर्गत महिला, दलित र अल्पसंख्यक क्षेत्रका सर्वहारा क्रान्तिकारीहरुलाई प्राथमिकता दिइने छ ।
जनवादी केन्द्रीयता अभ्यासका लागि जनसमुदाय आधारित अग्रदस्ता निर्माण पार्टी विधानको अन्तर्वस्तु रहने छ ।’

कार्यनीति : संविधान पुनर्लेखन र संसद विघटन

‛अहिले संविधान पूरै मान्ने, मान्दै नमान्ने र आधा मान्ने तीन पक्षहरु छन् । विप्लव र वैद्य माओवादीहरु संविधान मान्दै नमान्ने धारका हुन् । भने नेकपा माओवादी केन्द्र उपलब्धीको रक्षा गर्दै संविधानका कमजोरी सच्याउन वर्गसंघर्षको प्रतिनिधित्व गर्ने धार हो । अतः  सर्वस्वीकार्य संविधानका लागि संविधान–०७२ को पुनर्लेखन आवश्यक छ । तसर्थ, प्रथमत : विद्यमान संसद विघटन गरी राष्ट्रिय सरकार र संविधान पुनर्लेखन गर्नुपर्दछ । केन्द्रिय संसद विघटन गर्न राजधानी काठमाण्डौ र पहिचान विरोधी प्रदेश राजधानीलाई नाकाबन्दी गरी शान्तिपूर्ण आन्दोलन गर्न सकिन्छ । संसद विघटनपछि त्रिपक्षीय प्रतिनिधित्वको राष्ट्रिय सरकार निर्माण हुन्छ । यसको व्यवस्थापनका लागि त्रिपक्षीय राजनीतिक शक्तिहरुको संक्षिप्त समिति गठन गरी संविधान पुनर्लेखन गर्न सकिन्छ । यसपछि मात्र संविधान वैज्ञानिक समाजवादी भई नयाँ राष्ट्रिय एकीकरण, आर्थिक समृद्धि तथा दिगो शान्ति सुनिश्चित गरी नयाँ नेपाल संस्थागत गर्न सकिन्छ ।’


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्