Logo

साफ च्याम्पियनसिप : भारतको विजयी सुरुवात


ढाका । साबिकको उपविजेता भारतले बंगलादेशको ढाकामा जारी साफ सुजुकी कप फुटबलमा विजयी सुरुवात गरेको छ । 

बुधबार भएको खेलमा श्रीलंकालाई २ – ० ले हराएर भारतले विजयी सुरुवात गरेको हो ।

बंगबन्धु रंगशालामा यू -२३ टोली मैदान उतारेको भारतलाई जित दिलाउन आशिक कुरुनियान र लाल्लियनजुवला चाङगाटेले एक एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा आशिक कुरुनियानले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । कुरुनियानले सुमित पासीको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ४७ औं मिनेटमा चाङगाटेले गोल गर्दै भारतलाई २ – ० को जित दिलाए ।

जितसंगै तीन टोलि सम्मिलित समूह ‘बि’ मा रहेको भारतले ३ अंक जोडेको छ । र, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब भारत र श्रीलंकाले माल्दिभ्ससंग खेल्नेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्