Logo

नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो बैठक सम्पन्न


 

 

नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष क. गोपाल किरातीद्वारा प्रस्तुत सडक मोर्चाको कार्यनीतिः “संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखन” शिर्षक प्रतिवेदनमाथि यहि भाद्र १६ र १७ गते देशभरबाट उपस्थित पार्टी पोलिटब्यूरो सदस्यहरुले गाम्भिर्यतापूृर्वक छलफल गर्दै प्रस्तावित प्रतिवेदनलाई थपघट र सुझाव सहित एकमतले परित गरेको छ ।

 

प्रस्तुत प्रतिवेदनले “संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखन” सम्बन्धि विषयलाई जोड दिदै वित्तीय साम्राज्यवाद, दलाल तथा नोकरशाही पूँजीवाद र संसदवादी नेकपाको चरम दक्षिणपन्थी अवसरवादले सर्वहारा क्रान्ति विरुद्ध भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने षड्यन्त्रनीति प्रयोग गरेको र त्यस विरुद्ध माओवादी कम्युनिष्टले वैचारिक–राजनीतिक, सांगठनिक तथा कार्यशैलीगत श्रेष्ठता हासिल गर्दै भ्रम चिर्ने, घेरा तोड्ने र सशक्त प्रतिरोध कौशलको सर्वहारा चरित्र निर्माण गर्ने गर्ने कुरा उक्त प्रतिवेदनमा उल्लेखित छ ।

 

ऐतिहासिक भौतिकवादी सच्चाई यो हो कि ओली र प्रचण्डहरु गलत भनेर ठहर गर्ने हाम्रो पार्टीको कसैलाई पनि त्यस्तो दुर्ग्न्धित विचार र कार्यशैली बोकेर हिड्ने छुट हुँदैन । घुम्दै फिर्दै रुम्जटारको बाटो हिड्न माओवादी विचार, भावना र इतिहासको एकीकृत निरन्तरतास्वरुप पार्टी पुनर्गठन गरिएको होइन । बरु १० वर्षको जनयुद्धले झक्झकाएको राज्यसत्तालाई गुणात्मक रुपान्तरणको सामथ्र्यवान अग्रदस्ता निर्माणका लागि पुनर्गठन अभियान जारी राखिएको बारे गम्भीर ढंगले समिक्षा गरेको छ ।

 

पार्टीको चरित्र निर्माण सम्बन्धमा दस्तावेजमा “सर्वहारा चरित्रको पार्टी निर्माण गर्न यसका नेता–कार्यकर्ताहरुमा वैज्ञानिक दृष्टिकोण, जनपक्षीय राजनीति र इच्छाशक्तिको जरुरत पर्दछ । पार्टी नेतृत्वमा पुगेकाहरुले भारतीय पूँजीवादी गान्धी जति पनि त्याग गर्न नसक्नु नेपाली कम्युनिष्ट आन्दोलनको नियति बनेको छ । नेतृत्वको त्यागको अभावमा रुपान्तरण र मुख्यतः रुपान्तरणको अभावमा सर्वहारा क्रान्ति सम्भव नरहेको तथ्यप्रति पार्टी दृढस्पष्ट हुनैपर्छ । सर्वहारावर्ग तथा देश र जनताको पक्षमा उच्चतम त्याग र समर्पणभावले मुख्यतः रुपान्तरण सुनिश्चित गर्दा यही दशकमा समाजवादी क्रान्ति सम्भव छ” राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

वर्तमान शक्तिसन्तुलन र देशको वस्तुगत आवश्यकतालाई ध्यनदिदै दस्तावेजले “संसदवादी नेकपा प्रभुत्वको संसदले राष्ट्रियता, जनवाद र जनजीविका प्रत्याभूत गर्न नसकेको, प्रदेश नामाकरणमा उत्पीडित राष्ट्रिय समुदायको पहिचान प्रतिकुल गरेको तथा सर्वस्वीकार्य संविधान राष्ट्रिय आवश्यकता बनेको पृष्ठभूमिमा ‘संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखन’ सडक मोर्चाको तात्कालिक कार्यनीति हुनुपर्छ । मुख्यतः केन्द्रीय संसद विघटनका लागि राजधानी काठमाडौं र पहिचान विरोधी प्रदेश राजधानीलाई नाकाबन्दी गर्ने शान्तिपूर्ण आन्दोलनको कार्यक्रम हुनसक्छ । संसद विघटनसँगै त्रिपक्षीय प्रतिनिधित्वको राष्ट्रिय सरकार निर्माण तथा राष्ट्रिय सरकारको व्यवस्थापनमा त्रिपक्षीय राजनीतिक शक्तिहरुबीच संक्षिप्त समिति गठन गरी संविधान पुनर्लेखन गर्नुपर्दछ ।

 

यसरी संविधान पुनर्लेखन गर्दा संविधानका प्रगतिशील पक्षहरु सुरक्षित राख्दै त्यसका नकारात्मक प्रावधानहरु हटाएर समाजवादी संविधान जारी गर्नुपर्दछ । वैज्ञानिक समाजवादी संविधानले मात्र नयाँ राष्ट्रिय एकीकरण, आर्थिक समृद्धि तथा दिगो शान्ति सुनिश्चित गर्दै नयाँ नेपाल संस्थागत गर्दछ” भनिएको छ, साथै “नेपालको संविधान–०७२ बारे यहाँ तीनवटा पक्ष मौजुद छन् । संविधान पूरै मान्ने, मान्दै नमान्ने र आधा मान्ने ती पक्षहरु हुन् । विप्लव र वैद्य माओवादी मान्दै नमान्ने धारको प्रतिनिधित्व गर्दछन् भने नेकपा (माओवादी केन्द्र) उपलब्धीको रक्षा गर्दै संविधानका कमजोरी सच्याउन वर्गसंघर्ष जारी राख्ने धारको प्रतिनिधित्व गर्दछ । संघीय समाजवादी फोरम तथा राजपाले सुुरुमै संविधान पुनर्लेखनको माग गरेका छन् । अतः सर्वस्वीकार्य संविधानका लागि नेपालको संविधान–०७२ को पुनर्लेखन ऐतिहासिक एवं वस्तुगत आवश्यकताको माग बनेको छ । त्यसको निम्ति सर्वप्रथम विद्यमान संसद विघटन गर्नु पर्छ” भन्ने विषयलाई विशेषलाई दस्तावेजले जोड दिएको छ ।

एकता, संघर्ष र रुपान्तरणको सम्बन्धमा दस्तावेजले “नेकपा (माओवादी केन्द्र) ‘फेरि चिङ्काङ्सान’को यात्रामा अग्रसर छ । मुख्यतः दक्षिणपन्थी अवसरवाद र मध्यपन्थी अवसरवाद विरुद्ध चौतर्फी विद्रोह गर्दै जारी दशकमै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको कठोर संकल्प लिनै पर्छ । वाम प्रवृत्तिबाट पनि सतर्क हुँदै जनसमुदाय आधारित अग्रदस्ताका रुपमा पार्टी र जनसम्बन्ध सुदृढ गर्न त्यागको संस्कृति निर्माण गर्नै पर्दछ । अध्यात्मवादी र आदर्शवादी दृष्टिकोण, निम्न पूँजीवादी चिन्तन प्रवृत्ति तथा घिसेपिटे कार्यशैली विरुद्ध निर्मम प्रहार गर्दै सडक मोर्चाको तात्कालिक कार्यनीतिमा दृढ इच्छाशक्ति सहित डट्नै पर्दछ ।

 

सम्भ्रान्तवर्गीय प्रचण्डहरु गलत र नेकपा (माओवादी केन्द्र) सही भएको तथ्य स्थापित गर्न लेनिन–स्टालिन निर्दे्शित ‘व्यवस्थापन, लेखाजोखा र जिम्मेदारी’को दैनिक कार्यनीति एवं माओ निर्दे्शित “मार्क्सवाद–लेनिनवाद–माओवाद लागू गर संशोधनवाद होइन, खुल्ला र स्पष्ट होऊ छलछाम र षड्यन्त्र नगर तथा एकतावद्ध होऊ नफुट” नै पार्टी आचरणको कार्यसुत्र हुनेछ । यसको सांस्कृतिक अभ्यासद्वारा माओवादी केन्द्रमा आवद्ध कमरेडहरुले आफूलाई सही र खरो उतार्न सम्भव छ, जारी दशकमा सर्वहारावर्ग र उत्पीडित जनसमूहको समाजवादी गणतन्त्र नेपाल सम्भव छ !” भनि सर्वहारा संस्कृतिलाई विशेष महत्व दिएको छ ।

दुईदिने बैठकमा सहभागी कमरेडहरुले पार्टी देशब्यापीरुपमा विस्तार भैरहेको र संसदवादी नेकपाप्रति कार्यकता र जनता आशावादी नरहेकोले उनीहरुलाई मूलधारमै रहिरहन पार्टीले अपलि गर्नुपर्ने साथै सरकारले देशब्यापी रुपमा गरेको कर आतंक, बलत्कार, हत्या, धरपक्कड, महंगी र संस्थागत भ्रटचार विरुद्ध भण्डाफो गर्नुपर्ने विषयलाई सानदार ढंगले उठाउनु भयो । विम्स्टेक मार्फत पाकिस्थानलाई अलग गराई भारतीय क्षेत्रीय प्रभुत्वलाई संस्थागत गरि उनीहरुकै दासत्व स्वीकार गर्ने नेपाली शासकहरुको लम्पसारवादी प्रवृतिको बैठकले घोर आपत्ती जनाएको छ ।

तीन सत्रमा संचालित बैठकको अन्तिम सत्रमा विशेष प्रशिक्षणको लागि आमन्त्रित मार्क्सवादी लेखक तथा समाजशाश्त्री क. युग पाठकद्वारा नेपाली इतिहासको मार्क्सवादी विश्लेषण र नेपाली समाजको भौतिकवादी अवधारणा प्रस्तुत गर्नु भयो । अन्तमाः अध्यक्ष क. गोपाल किरातीले माथि उल्लेखित विषयमाथिको घनिभूत छलफलले पार्टी आन्दोलनलाई नयाँ उचाईमा पूर्याउने निष्कर्ष सहित समापन मन्तब्य राख्नु भएको थियो ।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्